‘लोकसेवा आयोगको परीक्षा विधिहरु सुधार गर्न जरुरी छ’ -उपराष्ट्रपति यादव

‘लोकसेवा आयोगको परीक्षा विधिहरु सुधार गर्न जरुरी छ’ -उपराष्ट्रपति यादव


उपराष्ट्रपति रामसहाय यादवले लोकसेवा आयोगले आफ्नो परीक्षा विधि समयअनुरुप सुधार गर्न जरुरी रहेको बताएका छन् । 

शुक्रवार लोक सेवा आयोगको ७३औं बार्षिकोत्सवमा उनले गलत नीति र प्रकृयालाई निरुत्साहित गर्न योग्ताका सबै तत्वहरु उत्थान हुने गरी आयोगले आफ्नो परीक्षा विधिहरुसुधार गर्न जरुरी रहेको बताएका हुन् । 

उनले भने,‘औपचारिक भर्ना र छनोट समग्र  प्रशासनको संयन्त्रको उजागर भएकोले गलत नीति र प्रकृयाले प्रशासनभित्र स्थायी खराबीहरु प्रवेश गर्न सकिने भएकोले आयोगले त्यसलाई निरुत्साहित गर्न योग्ताका सबै तत्वहरु उत्थान हुने गरी आफ्नो परीक्षा विधिहरु समयअनुरुप सुधार गर्न जरुरी छ ।’ 

उपराष्ट्रपति यादवले आयोगले सदैव वर्तमान पुस्ताप्रति न्याय र भविष्यका पुस्ताहरुको भरोसाको केन्द्रको रुपमा आफ्नो कर्तव्य र जिम्मेवारी पूरा गर्नुपर्ने बताए । 

Logo