अन्य प्रदेश १

माघ १७ गते ताप्लेजुङ साँझको आयोजना

15 Shares

काठमाडौं ।

आगामी माघ १७ गते ताप्लेजुङ साँझ कार्यक्रम हुने भएको छ । ताप्लेजुङ सरोकार केन्द्र, काठमाडौंको आयोजनामा माघ १७ गते ‘ताप्लेजुङ साँझ’ हुने भएको हो ।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा केन्द्रका अध्यक्ष चित्रगुप्त साँवाले नेपाल प्रज्ञा प्रतिष्ठानमा सो कार्यक्रमको आयोजना हुने जानकारी दिएका हुन् । कार्यक्रममा ताप्लेजुङका कलाकार सहित अन्य चर्चित कलाकारहरुको पनि प्रस्तुती रहने उनले जानकारी दिए ।

ताप्लेजुङका कलाकर्मीहरूको हित, संरक्षण, प्रवर्द्धन र उत्थानका लागि ‘ताप्लेजुङ कलाकार कल्याणकारी कोष’ स्थापनार्थ कार्यक्रमको आयोजना गर्न लागिएको कार्यक्रममा जानकारी दिइयो । साङ्‍गीतिक र सांस्कृतिक प्रवर्द्धनसँगै भ्रमण वर्ष २०२० लाई समेत मध्यनजर गरेर आयोजना गर्न लागिएको यस कार्यक्रममा दर्जन बढी कलाकारहरूले प्रस्तुति दिनेछन् ।

कार्यक्रममा ताप्लेजुङकै कलाकारहरू झुमा लिम्बू, सुशन साम्सोहाङ, कुशल थलङ, कञ्चन थलङ, विना भट्टराई, पदम राई, तारा थेबे, जसोदा सुब्बा, मोहन मादेन, सुष्मा लिवाङसँगै, अतिथि कलाकारहरू राजेशपायल राई र मेलिना राईको प्रस्तुति रहनेछ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा करिब १५ सय दर्शक भित्र्याउने लक्ष्य आयोजकले लिएको छ। कार्यक्रममा च्याब्रुङ नाच, धान नाच, स्याब्रु नाच लगायत विभिन्न सांस्कृतिक प्रस्तुतिसमेत राख्ने आयोजकको तयारी छ।

जसबाट ‘ताप्लेजुङ कलाकार कल्याणकारी कोष’ स्थापना, ताप्लेजुङको पर्यटन प्रवर्द्धनको प्रचार र ताप्लेजुङवासी र देशभरका आममानिसका बीचमा सद्‌भाव बढाउने उद्देश्य आयोजकले लिएको छ।

प्रकाशित: ६ माघ २०७६ १२:२२ सोमबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी