आजदेखि वर्षा कम हुने

आजदेखि वर्षा कम हुने


काठमाडौं ।
गत विहिबारदेखि शुरु भएको निरन्तरको वर्षा आजदेखि केही कम हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यद्यपी कति बेला के हुन्छ भन्ने आँकलन गर्न नसकिने भएकाले सर्तक रहन पनि महाशाखाले अनुरोध गरेको छ ।

नेपाल नजिक रहेको मनसुनी न्यून चापीय रेखा दक्षिणतर्फ सर्दै गएकाले पानी पर्ने सम्भावना केही घट्ने महाशाखाको अनुमान छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर आंशिकदेखि सामान्य बदली रहने र केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ ।

देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

Logo