श्रम आयोग गठन गर्ने विषयमा कम्युनिष्टहरुले कांग्रेससंग कुरा नगरे हुन्छः शेखर कोइराला

श्रम आयोग गठन गर्ने विषयमा कम्युनिष्टहरुले कांग्रेससंग कुरा नगरे हुन्छः शेखर कोइराला


नेपाली कांग्रेसका नेता शेखर कोईरालाले श्रम आयोग गठन गर्ने विषयमा नेपालका कम्युनिष्टहरुले कांग्रेससँग कुरा गर्न नसुहाउने बताएका छन् । 

सोमबार काठमाडौंमा आयोजित ट्रेड युनियन कांग्रेसको ७औंँ महाधिवेशनलाई सम्बोधन गर्दै नेता कोइरालाले नीतिनिर्माण तहमा श्रमिकहरुको प्रतिनिधि कांग्रेसले चाहे भोलि नै गर्नसक्ने बताएका हुन् ।

उनले भने, ‘नयाँ नेतृत्वले सामाजिक सुरक्षालाई मृर्त रुप दिएर अगाडि बढ्नु पर्छ । नीति निमार्ण तहमा श्रमिकहरुको प्रतिनिधिमा नेपाली कांग्रेसले चाहेमा भोलि नै गर्न सक्नुहुन्छ । वडा देखि केन्द्रसम्म हुन्छ । मैले संविधानबन्दा खेरि श्रम आयोगको माग गरेको थिए । अन्तरिम संविधानमा श्रम आयोग थियो । पुँजीवादीहरुलाई बुझ्न सक्छु ।पुँजीवादीहरुलाई चाहिदैन श्रम आयोग भन्ने होला । कम्युनिष्टहरु कहाँ लुकेका थिए त्यो वेला । किन उनीहरुले श्रम आयोग हटाउन खोजे हामीले त राख्नुपर्छ भनेर संशोधित प्रस्ताव राखेका थियौं । यो तीन कुरा मेरो सधैंको अडान हो र पूरा गर्छु ।’ 

Logo