अन्य

चालु आर्थिक बर्षभित्रै छाउगोठमुक्त कर्णाली

15 Shares

सुर्खेत ।

कर्णाली प्रदेशलाई चालू आर्थिक वर्षभित्रै छाउगोठमुक्त घोषणा गरिने भएको छ । तीनै तहका सरकारले आगामी असारभित्र कर्णाली प्रदेशको कुरीति र कलंकका रूपमा रहेको छाउ कुप्रथालाई भौतिक तथा मानसिक रूपमा अन्त्य गर्ने भन्दै बुधबार साझा प्रतिबद्धतापत्रमा हस्ताक्षर गरे।

प्रदेश राजधानी वीरेन्द्रनगरमा आयोजित छाउगोठ अन्त्य तथा मर्यादित महिनावारी प्रवद्र्धनका लागि साझा अभियान कार्यक्रममा संघीय सरकारका महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङ, प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावल, जिल्ला समन्वय समिति महासंघका अध्यक्ष राजकुमार शर्मा, नगरपालिका महासंघका संयोजक रत्न खड्का र गाउँपालिका महासंघका अध्यक्ष भीमबहादुर सेनले छाउगोठ अन्त्यका लागि राष्ट्रिय कार्ययोजना तर्जुमा गरेर संघ, प्रदेश र स्थानीय तहले आ–आफ्नो क्षेत्रमा कार्यान्वयन गर्ने प्रण गरे।

कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले कलंकका रूपमा रहेको छाउपडी कुप्रथा अन्त्यका लागि स्थानीय सरकार जिम्मेवार हुनुपर्ने बताए । उनले कर्णाली प्रदेशका सबै स्थानीय तहले छाउगोठमुक्त घोषणा गर्दै असारभित्र सिंगो कर्णाली प्रदेशलाई नै छाउगोठमुक्त बनाइनुपर्ने बताए । ‘तीन तहका सरकार तीनतिर नफर्केर साझा धारणा बनाएर अघि बढेको खण्डमा कर्णालीमा व्याप्त छाउपडी कुप्रथा सहजै अन्त्य गर्न सकिन्छ,’ मन्त्री गुरुङले भने, ‘छाउगोठमा बस्ने र बसाल्नेलाई प्रोत्साहन नगरेर अब कानुनी कारबाहीको बाटो पनि अँगाल्न जरुरी छ।’
नागरिकबाट

प्रकाशित: ९ माघ २०७६ ०९:४४ बिहीबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी