सुकुम्बासीलाई लालपूर्जा हस्तान्तरण गर्ने काम सुरु भएको छः मन्त्री श्रेष्ठ

सुकुम्बासीलाई लालपूर्जा हस्तान्तरण गर्ने काम सुरु भएको छः मन्त्री श्रेष्ठ


भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले भूमिहीन सुकुम्बासीलाई लालपूर्जा हस्तान्तरण गर्ने काम सुरु भएको बताएकी छन् । 

आज मंगलवार प्रतिनिधि सभा बैठकमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री श्रेष्ठले भूमिहिनहरुसँग परामर्श लिएर जग्गादर्ता गर्ने र लालपूर्जा हस्तान्तरण गर्ने कार्य अगाडि बढेको बताएकी हुन् । ‘भूमिहीनसँग जग्गा दर्ता गर्ने र हस्तान्तरण गर्ने विषयसँग सम्बन्धित भूमि आयोगमा छलफल चलिरहेको छ ।’ उनले भनिन्, ‘विभिन्न जिल्लाहरुमा गएर भूमिहीन, दलित भूमिहीन सुकुम्बासीसँग परामर्श लिएर जग्गादर्ता गरेर लालपूर्जा हस्तान्तरण गर्ने कार्य अगाडि बढाईरहेका छौँ । ’

सांसद विना लामाले उठाएको प्रश्नको जवाफ दिँदै उनले वास्तविक सुकुम्बासीलाई पहिचानगर्ने र जग्गादर्ता गराउने कार्य अगाडी बढाउने काम भएको बताइन् । उनले भनिन्, ‘गुठि व्यवस्थापन र सुकुम्बासीको विषयमा हामीले मन्त्रालयमा वास्तविक सुकुम्बासीलाई पहिचानगर्ने कार्यतिर हामीला गेका छौ  र यसकालागि अगाडी बढिरहेका छाैँ ।’

सांसद सरस्वती सुब्बाले जग्गा कित्ताकाटबारे सोधेको प्रश्नमा उनले जग्गाको लालपूर्जा वितरण कार्य अगाडी बढेको उल्लेख गर्दै कित्ता काट र भू-उपयोगको नीति नहुँदा खेतीयोग्य जमिन सुरक्षित नभएको हुदाँकृषि योग्य जमिन छुट्याएर कित्ताकाट गर्ने गरी तयारी गरिएको बताइन् । 

Logo