४ जेठ २०७९ बुधबार
1
1
1
1

मानव अधिकार आयोगका अधिकारहरुमा सरकारले हस्तक्षेप गर्नु हुँदैन

1
1
1
1
1
1

काठमाडौं ।
सांसद बालकृष्ण खाँडले मानव अधिकार आयोगका अधिकारहरु सरकारले संकुचन गर्न नहुने बताएका छन् ।

प्रतिनिधिसभाको कानून न्याय तथा मानव अधिकार समितिमा मानव अधिकार सम्बन्धि पाँचौ राष्ट्रिय कार्ययोजनाको मस्यौदामाथिको छलफलमा सांसद खाँडले मानव अधिकार कुनै सरकारी निकाय नभएकाले यसको अधिकार र स्वतन्त्रता हनन हुने काम कसैले गर्न नहुने बताए । मानव अधिकार र आयोगका आफ्ना सीमाहरु हुने र उसले आफ्ना सीमाहरु पालना गर्नुपर्ने बताउँदै खाँडले गर्ने राज्यले मानवअधिकारका अधिकार संकुचन गर्न नहुनेतर्फ ध्यानाकर्षण पनि गराए । आयोगले दिएको प्रतिवेदन र गरेका सिफारिसहरु कार्यान्वयनको जिम्मा तीन वटै तहका सरकारको भएको उनले बताए । त्यसका लागि तीन वटै तहका सरकारले प्रतिवद्धता जनाउनुपर्ने खाँडको भनाई छ ।

अर्का सांसद पद्मनारायण चौधरीले स्थानीय तहहरुमा पर्याप्त मात्रामा बजेट भएपनि स्वास्थ्य क्षेत्रमा योगदान नगरेको गुनासो गरे । स्थानीय तहहरुले स्वास्थ्य क्षेत्रमा निश्चित बजेट छुट्याउनु पर्ने, खर्च गर्नुपर्ने बाध्यात्मक व्यवस्था गर्नुपर्ने उनले बताए । शिक्षा र स्वास्थ्य क्षेत्रमा खटिएका कर्मचारीहरुले कसरी भ्रष्टाचार रोक्न सहयोग गर्न सक्छन् भन्नेतर्फ पनि सोच्न आवश्यक रहेको उनले बताए । चिकित्सकहरुको नीजि स्वास्थ्य संस्थातर्फ किन आकर्षण बढिरहेको भन्ने कुरातर्फ ध्यान दिन पनि स्थानीय तहहरुलाई उनले आग्रह गरे ।

सांसद शेरबहादुर तामाङले संवैधानिक आयोगहरु गठन हुन नसकेको प्रति ध्यानाकर्षण गराए । समितिमा आइतबार मानवअधिकार सम्बन्धि पाँचौ राष्ट्रिय कार्ययोजना (आ.व. २०७६/२०७७—२०८०/०८१) को मस्यौदामाथि छलफल भएको हो । सोमबार आवश्यक थप छलफल गरी प्रधानमन्त्री समक्ष पेश गरिने समिति सभापति कृष्णभक्त पोखरेलले बताए ।

प्रकाशित: १२ माघ २०७६ १५:२६ आइतबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी