अन्य प्रदेश ६

कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन माघ २४ गतेदेखि हुने

15 Shares

सुर्खेत ।
कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन माघ २४ गतेदेखि हुने भएको छ । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयले माघ २४ गते पाँचौँ अधिवेशन आह्वान गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला तथा कानून मन्त्रालयको प्रस्तावमा कानूनी सहायता सम्बन्धी कार्यविधि ०७६ र विपद् जोखिम बीमा सम्बन्धी कार्यविधि २०७६ स्वीकृत गरेको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले जानकारी दिइन् ।

प्रकाशित: १२ माघ २०७६ १५:३४ आइतबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी