तपाइको आजको दिन कस्तो छ? हेर्नुहोस् राशिफल!

तपाइको आजको दिन कस्तो छ? हेर्नुहोस् राशिफल!


आज २०८० असार १८ गते साेमबार। ३ जुलाई २०२३।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
आजबाट आयआर्जनका क्षेत्रमा सुधार विस्तारै आउनेछ। बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
आज कार्यमा सम्पादनमा समस्या आउला। पारिवारिक उल्झनमा परि काम बिग्रिएला। सरकारी निकायको भय पनि रहनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा )
आज धार्मिक र सामाजिक कार्यमा रुचि बढ्नेछ। वित्तिय संस्थाबाट सहयोग पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज नयाँ र शुभकार्यको चर्चा चल्नेछ। कुनै कुराले मनमा शान्ति छाउला। सफलता र उपहार पाइने सम्भावना पनि रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज मानसिक चिन्ता बढेपनि कार्यक्षेत्रमा प्रगति नै हुनेछ। अरुलाई प्रभावित पारेर काम बन्नेछ। कला र गलाको प्रभाव बढ्नेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
स्वास्थ्यप्रति सजग रहनुहोला अन्यथा धन खर्च हुनेछ। शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ। मनमा चञ्चलता बढ्नसक्छ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
आज जोशजाँगर र हिम्मत बढ्नेछ। नयाँ काम वा रोजगार पाइनेछ। धार्मिक कार्यमा सफलता मिल्ला। शुभकार्यको चर्चा पनि चल्नेछ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
आज चिताएको कामले तीव्रता लिनेछ। व्यापारव्यवसायबाट फाइदा लिन सकिनेछ। महिला मित्रबाट विशेष सहयोग मिल्नेछ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
आज धर्मकर्म, तथा समाजसेवामा मन लाग्नेछ। अरुको मन जित्न सकिनेछ। शुभकार्यको योजना हुनेछ, तर साँझमा भने खर्च बढ्नेछ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
आज अनावश्यक यात्रा हुनसक्नेछ। आफन्तसँग मनमुटाव बढ्ने देखिन्छ। गलत आश्वासन बाँड्नाले आफैलाई समस्या आउन सक्छ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
मङ्गल कार्यको योजना बन्नेछ। कृषि कार्यमा सहभागी भइएला। नयाँ रोजगारको अवसरले पछ्याउनेछ। स्वादिष्ट खानेकुरा पनि मिल्नेछ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। दाम्पत्य जीवन पनि सुखमय नै रहनेछ।
 

Logo