गुरु पूर्णिमाको अवसरमा ब्याँस नगरपालिकामा बिदा

गुरु पूर्णिमाको अवसरमा ब्याँस नगरपालिकामा बिदा


गुरू पूर्णिमाको दिन ब्याँस नगरपालिकाले सार्वजनिक बिदा दिएको छ। तनहुँको व्यास नगरपालिकाले व्यास अवतरण (गुरु पूर्णिमा)काे अवसरमा सोमबार सार्वजनिक बिदा दिएको हो। महर्षी बेदब्याँसको जन्मस्थान मानिदै आएको उक्त स्थानमा गुरु पूर्णिमाका दिन बिदा दिइएको हो। 

गुरु पूर्णिमाका अवसरमा कार्यालय परिसरमा व्यास अवतरण दिवस मनाउने कार्यक्रम रहेको पनि सो नगरपालिकाले जनाएको छ। प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीका अनुसार सोमबार नगरपालिका तथा नगरपालिका अन्तर्गतका कार्यालय, सामुदायिक एवं संस्थागत शैक्षिक संस्था, स्वास्थ्य संस्था (अत्यावश्यक सेवा बाहेक) र नगरपालिका मातहतका सङ्घ संस्था बन्द रहने भएका छन्।

Logo