मदन भण्डारीको विचारको औचित्य झनै बढेर गएको छः अध्यक्ष ओली

मदन भण्डारीको विचारको औचित्य झनै बढेर गएको छः अध्यक्ष ओली


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीको विचारको औचित्य झनै बढेर गएको बताएका छन् । 

मदन भण्डारीको ७२औं जन्मजयन्ती अवसरमा शुक्रबार काठमाडौंमा आयोजित मदन भण्डारीको व्यक्तित्व, कृतित्व र योगदान विषयक कार्यक्रममा अध्यक्ष ओलीले भण्डारीको विचारलाई कहिल्यै कमजोर पार्न नसक्ने बताएका हुन् । उनले भने, ‘मदन भण्डारीको विचारको औचित्य झनै बढेर जाँदैछ, मदन भण्डारीलाई जनस्तरमा नेपालीले चिन्न पाएको २०४७ साल कात्तिक २५ गते खुलामञ्चको आमसभामा हो, मदन भण्डारीको अभिव्यक्ति, प्रस्तुतिको गहनताले उनलाई नेपाली जनतामाझ त्यतिखेर नै स्थापित गरेको थियो ।’ 

अध्यक्ष ओलीले मदन भण्डारीलाई उनको अढाई बर्षको खुला राजनीतिले नै नेपाली जनतामाझ बिर्सन नसक्ने नेता बनाएको पनि बताए । 

Logo