आज किन चलेनन् सार्वजनिक सवारी ? यस्तो छ कारण

आज किन चलेनन् सार्वजनिक सवारी ? यस्तो छ कारण


काठमाडौं ।

सरकारले सार्वजनिक यातायात चल्न दिने निर्णय गरे पनि आज सडकमा सार्वजनिक यातायात चलेनन्।

लामो समयदेखि गाडीहरु ग्यारेजमा राखिएको र गाडीको अवस्था ठीक नभएको भन्दै यातायात नचलेका हुन् । यस्तै मजदुर पनि लकडाउनका कारण गाउँ गाउँमा गएकाले यातायात व्यवसायीले तत्काल गाडी नचलाउने निर्णय गरेका हुन् ।

अहिलेकै अवस्थामा सडकमा गाडी निकालेर चलाउन सकिंदैन भन्दै नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका महासचिव सरोज सिटौला भन्छन्, यस विषयमा आज महासंघको बैठक बसेर निर्णय हुन्छ ।

सिटौलाले सरकारले यातायात व्यवसायी र मजदूरका समस्या समाधान नगरेसम्म तत्काल गाडी नचलाउने बारे छलफल भइरहेको बताए ।

सरकारले विहिबार स्वास्थ्यका सबै मापदण्ड पूरा गरेर सार्वजनिक सवारी साधन संचालन गर्न दिने निर्णय गरेको थियो ।

 

Logo