कोरोना: बागमती प्रदेशमा सबैभन्दा बढी काठमाडौंमा, अरू कुन जिल्लामा कति ?

कोरोना: बागमती प्रदेशमा सबैभन्दा बढी काठमाडौंमा, अरू कुन जिल्लामा कति ?


बागमती प्रदेशमा सबैभन्दा बढी काठमाडौंमा कोरोना भाइरस संक्रमित भेटिएका छन् । काठमाडौंमा कोरोना भाइरस संक्रमितको संख्या १९५ पुगेको छ।

सामाजिक विकास मन्त्रालयका अनुसार बिहीबार थप १२ जनामा कोरोना भाइरस संक्रमण भएको छ । काठमाडौंमा ५, चितवनमा ४, नुवाकोट र सिन्धुपाल्चोकमा एक एक जनामा संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। अहिलेसम्म बागमतीमा कोरोना भाइरस संक्रमितको संख्या ७१८जना  पुगेको छ।

तीमध्ये २३९ जनाले कोरोना भाइरस जितेका छन् भने ४४३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। यस्तै ६ जनाको मृत्यु भएको छ।

कुन जिल्लामा कति ?

काठमाडौं : १९५

ललितपुर : ५६

भक्तपुर : ४३

सिन्धुपाल्चोक : ६१

रसुवा : १०

नुवाकोट : २९

धादिङ : १२५

चितवन : ९८

सिन्धुली : १८

मकवानपुर : ३०

रामेछाप : ३२

काभ्रे : १२

दोलखा : ९

Logo