काठमाडौं ।
महानगरीय ट्राफिक प्रहरी महाशाखावाट खटिएको ट्राफिक प्रहरी टोलीले उपत्यकास्थित नेपाल ड्राईभिङ ट्रायल सेन्टर, सुकेधारामा संचालन भएको मोटरसाइकलको ट्रायल परीक्षामा सहभागी नक्कली परीक्षार्थी पक्राउ ।
जिल्ला जुम्ला तातोपानी ५ घर भएका श्री प्रसाद दाहालको मोटरसाइकलको ट्रायल परीक्षा दिन आएका जिल्ला कैलाली घोडाघोडी नपा ११ घर भई हाल किर्तिपुर पाँगा बस्ने वर्ष २१ को ललित जोशीलाई पक्राउ गरिएको हो । उनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी बृत्त गौशाला पठाईएको छ ।
प्रकाशित: २१ माघ २०७६ ०९:४७ मंगलबार