काभ्रे काँग्रेसका अग्रज नेता राजेन्द्र खरेललाई ‘प्रजातन्त्र सेनानी’ सम्मान

काभ्रे काँग्रेसका अग्रज नेता राजेन्द्र खरेललाई ‘प्रजातन्त्र सेनानी’ सम्मान


काभ्रे ,

नेपाली काँग्रेस काभ्रेका अग्रज नेता राजेन्द्र खरेललाई प्रजातन्त्र सेनानी सम्मान प्रदान गरिएको छ । आज उनलाई गणेशमान  सिंह फाउण्डेशनबाट सो सम्मान प्रदान गरिएको हो ।

नेपालमा प्रजातन्त्र स्थापना, पूनर्स्थापना एवं सम्वर्धनका निम्ति भएका क्रान्ति, संघर्ष, सत्याग्रह र जनआन्दोलनहरुमा सक्रिय सहभागी भइ सत्य, निष्ठा, त्याग र लोकहितका निम्ति जीवनभर समर्पित रही उच्च आदर्श स्थापित गर्न सफल भएको भन्दै फाउण्डेशनले उनलाई सम्मान गरको हो । आज काँग्रेस नेता प्रकाशमान सिंहले उनलाई कदरपत्रसहित दोसल्ला ओडाएर सम्मान गरेका हुन् ।

‘नेपाली कांग्रेस काभ्रेका अभिभावक श्री राजेन्द्र खरेलको प्रेरणादायी योगदानको मूल्यांकनस्वरुप “प्रजातन्त्र सेनानी सम्मान एवं कदरपत्र” प्रदान गरेकोमा गणेशमान सिंह फाउण्डेसन प्रति हार्दिक आभार अर्पण गर्दछौं।’- काभ्रे काँग्रेस सभापति मधु आचार्यले भने ।

काभ्रेको राजनीतिक इतिहासमा खरेलको योगदान अतुलनिय छ । ०५६ सालको निर्वाचनमा तत्कालिन काभ्रेको क्षेत्र नं ४ बाट निर्वाचित खरेल त्यसपछि बनेको सरकारमा शिक्षमन्त्री समेत बनेका थिए ।

यस्तै गणेशमान सिंह  फाउण्डेशनबाट अर्का प्रजातन्त्र सेनानी काभ्रे नेपाली कांग्रेसका नेता गोपालदाश बादेलाई पनि सोही सम्मान प्रदान गरिएको छ ।

Logo