नेपाल काष्ठमाण्डप कलेजले पायो बेस्ट एकेडेमिक्स अवार्ड

नेपाल काष्ठमाण्डप कलेजले पायो बेस्ट एकेडेमिक्स अवार्ड


काठमाडौंको कलंकीमा रहेको नेपाल काष्ठमण्डपले ‘बेस्ट एकेडेमिक्स अवार्ड, २०८०’ प्राप्त गरेको छ । 

केन्द्रबिन्दु डटकमले आइतबार काठमाडौंमा आयोजना गरेको एक विशेष कार्यक्रमकाबीच विद्यार्थीलाई प्रयोगात्मक र व्यवहारीक जीवन निर्वाह गर्नसक्ने बनाउने उद्देश्य बोकेको नेपाल काष्ठमण्डपलाई बेस्ट एकेडेमिक्स अवार्ड प्रदान गरिएको हो । 

२३ वर्षदेखि शैक्षिक क्षेत्रमा निरन्तर योगदान पु–याउँदै आएको काष्ठमण्डपलाई उच्च सम्मान गर्दै केन्द्रबिन्दुले उक्त अवार्ड प्रदान गरेको हो 

कलेजमा ‘प्लस टु’ अन्तर्गत विज्ञान, व्यवस्थापन, कानुन, शिक्षा र मानविकी संकायमा पठनपाठन हुँदै आएको छ। स्थापनादेखि अहिलेसम्म कलेजले शतप्रतिशत नतिजा ल्याउन सफल हुनुका साथै राष्ट्रिय परीक्षा बोर्डमा समेत ‘टप कलेज’का रुपमा स्थापित भएको छ ।

Logo