काठमाडौं वर्ल्ड स्कुलले पायो बेस्ट लर्निङ सेन्टर अवार्ड

काठमाडौं वर्ल्ड स्कुलले पायो बेस्ट लर्निङ सेन्टर अवार्ड


भक्तपुरमा रहेको काठमाडौं वर्ल्ड स्कुलले बेस्ट लर्निङ सेन्टर अवार्ड, २०८० प्राप्त गरेको छ ।  

केन्द्रबिन्दु डटकमले आइतबार काठमाडौंमा एक विशेष कार्यक्रमकाबीच प्लस टुको शिक्षामा उत्कृष्ट नतिजासहित निकाल्न सफल काठमाडौं वर्ल्ड स्कुलले बेस्ट लर्निङ सेन्टर अवार्ड प्राप्त गरेको हो । 

कक्षा १ देखि ५ सम्म बेलायतको इन्टरनेसनल प्राइमरी ‘करिकुलम’ अनुसार अध्यापन गराउँदै आएको यस स्कुलले ‘ए लेभल’ का साथै कक्षा ११ र १२ मा नेपाल परीक्षा बोर्डको पाठ्यक्रम अनुसार अध्यापन गराउँछ।

यस स्कुलले ‘प्लस टु’मा विज्ञान र व्यवस्थापन संकाय सञ्चालनमा ल्याएको छ। भौतिकदेखि प्राविधिक सुविधामा कुनै पनि कसर बाँकी नराखेको काठमाडौँ वर्ल्ड स्कुलमा हजार बढी विद्यार्थी अध्ययनरत छन् ।

Logo