सरकारले डेंगु नियन्त्रणका लागि पहिलोपटक बनायो कार्ययोजना

सरकारले डेंगु नियन्त्रणका लागि पहिलोपटक बनायो कार्ययोजना


सरकारले डेंगु नियन्त्रणका लागि पहिलोपटक वार्षिक कार्ययोजना बनाएको छ । मुलुकमा डेंगु देखा परेको १९ वर्षपछि सरकारले स्पष्ट वार्षिक कार्ययोजना बनाइ लागू गरेको हो । 

कार्ययोजनामा भेक्टर नियन्त्रण, लामखुट्टेको वृत्तिविकास रोक्ने उपाय, उपचार पद्धति, स्थानीय तह, रेडक्रस लगायतका स्वास्थ्यसँग सम्बन्धित संस्थाहरुको भूमिका समेटिएको छ । सरकारको प्राथमिकता लामखुट्टे बस्ने ठाउँको नष्ट गर्नु, घर आँगन, कार्यालय वरीपरी पानी जमेको ठाउँको नष्ट गर्नु रहेको छ । यसका लागि ७७ वटै जिल्लामा कार्ययोजना कार्यान्वयनका लागि पठाइएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जानकारी दिएको छ ।

डेंगु सन् २००४ मा पहिलोपटक नेपालमा भेटिएको पुष्टि भएको थियो । हालसम्मको अवधिमा ८३ हजार ६८१ जनामा संक्रमण देखिएको छ । 

कार्ययोजनामा लामखुट्टेलाई कसरी नियन्त्रण गर्ने भन्ने विषयमा आम नागरिकमा सचेतना पुर्‍याउनुपर्ने उल्लेख छ । त्यसका लागि बढी जोखिम भएका ९२ वटा स्थानीय तहमा एक्शन प्लानसहित विशेष सर्कुलर जारी पनि गरिएको छ । 

Logo