एक्जिम कोर्डको म्याद असोज मसान्तसम्म थप्न नाडाको माग

एक्जिम कोर्डको म्याद असोज मसान्तसम्म थप्न नाडाको माग


काठमाडौं ।
अटो मोबाइल्स एसोसिशन अफ नेपाल (नाडा) ले आयात निर्यात कोर्ड (एक्जिम कोर्ड) नवीकरण गर्ने समय असोज मसान्तसम्म थप गर्न माग गरेको छ ।

व्यवसायीले समयमा कर चुक्ताको प्रमाणपत्र लिन नसकेका कारण एक्जिम कोर्ड नवीकरण गर्न नसकेको भन्दै त्यसका लागि समय थप गर्न माग गरिएको नाडाले जनाएको छ ।

मंगलबार नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य तथा नाडा अध्यक्ष कृष्णप्रसाद दुलाल र भरत आर्चायले भन्सार विभागका महानिर्देशक सुमन दाहाललाई भेटेर एक्जिम कोड नवीकरण गर्ने समय थप गर्न आग्रह गरेका हुन् ।

लकडाउनका कारण व्यवसायीलाई आवतजावतमा समस्या भएकाले धेरै कम्पनीले एक्जिम कोर्ड नवीकरण गर्न नसकेको अध्यक्ष दुलालको भनाइ छ । कर चुक्ता प्रमाणपत्र लिन नसक्दा हालसम्म १५ सय कम्पनीले मात्रै एक्जिम कोर्ड नवीकरण गरेका छन् । भन्सार विभागले ३० हजार कम्पनीलाई एक्जिम कोर्ड उपलब्ध गराएको छ ।

नेपालमा ३० हजार व्यवसायीक कम्पनीहरु एक्जिम कोर्डमा दर्ता रहेको र हालसम्म पनि बन्दाबन्दी कायम रहेको, सडकमा जोर विजोरको सवारी साधन संचालनमा रहेको, सर्वाेच्च अदालतले जिरो आवरको घोषणा गरेको स्थितिमा सो नवीकरण गर्ने कम्पनीहरु १५ सयको संख्यामा मात्र रहेको सन्दर्भमा सबै कम्पनीहरुले निर्धारित समयावधि भित्र नवीकरण गर्न नसक्ने अवस्था रहेकोले नवीकरणको क्याद थप गर्न नाडाले अनुरोध गरेको हो ।

Logo