1
1
1
1
1

0 Shares

ओली पहिलो पटक ‘जनयुद्ध’ दिवसमा सहभागी हुने

1
1
1
1
1
1

काठमाडौं।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली पहिलोपटक जनयुद्ध दिवसमा सहभागी हुने भएका छन् ।

नेकपाले मनाउन लागेको जनआन्दोलन तथा जनयुद्ध दिवसमा उनी पहिलो पटक सहभागी हुने भएका हुन् । पार्टी एकीकरण भएको पहिलो वर्ष नै सहभागी हुने भनिए पनि अन्तिम समयमा आएर उनी कार्यक्रममा गएका थिएनन् ।

तत्कालीन नेकपा माओवादीले ०५२ साल फागुन १ गतेबाट सशस्त्र जनयुद्ध सुरु गरेको दिनलाई ‘जनयुद्ध दिवस’ का रुपमा मनाउँदै आएको थियो । तर एकीकरण लगत्तै सो पार्टीले उक्त दिनलाई जनयुद्धसँगै जनआन्दोलन दिवसका रुपमा मनाउने निर्णय गरेको हो।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजना हुने उक्त कार्यक्रममा अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुनेछन् । जनयुद्ध दिवस धुम्बाराहीमा मनाउने निर्णय यसअघि नै पार्टीले गरिसकेको छ।

अध्यक्षद्वय ओली र प्रचण्डबीच मंगलबार प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको भेटवार्तामा जनयुद्ध तथा जनआन्दोलन दिवस मनाउने, पार्टीको सचिवालय बैठक बोलाउने र एकताको बाँकी काम टुंगो लगाउने विषयमा छलफल भएको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए ।
नेपाल समाचारपत्रबाट

प्रकाशित: २९ माघ २०७६ ०८:५२ बुधबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी