आज पूर्वराजा शाहको ७४ औँ जन्मदिन

आज पूर्वराजा शाहको ७४ औँ जन्मदिन


काठमाडौं ।

पूर्वराजा ज्ञानेन्द्र शाह आजदेखि ७४ औँ वर्षमा प्रवेश गरेका छन् । तर देशको विषम परिस्थितीका कारण उनले विगत जसरी जन्मदिन भने नमनाउने भएका छन् ।

मुलुकमा लोकतन्त्र आउनु अघि राजाको जन्मदिनमा सार्वजनिक बिदा हुने गरेको भएपनि २०६२–६३ को जनआन्दोलनपछि बनेको सरकारले राजाका अधिकारहरु कटौति गरेसँगै सार्वजनिक बिदा दिन छोडिएको हो ।

०६५ साल जेठ १५ गते बसेको संविधानसभाको पहिलो बैठकले मुलुकमा राजतन्त्रको अन्त्य गर्दै गणतन्त्र घोषणा गर्यो । त्यसपछि पूर्वराजा शाहले सर्वसाधारणकै हैसियतमा जन्मोत्सव मनाउँदै आएका छन् ।

Logo