भागबण्डा नमिलेपछि सर्‍यो मुख्यमन्त्री थापाको शपथग्रहण

भागबण्डा नमिलेपछि सर्‍यो मुख्यमन्त्री थापाको शपथग्रहण


कोसी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज शपथग्रहण गर्दैछन्। शपथग्रहण अपराह्न ५ बजे हुने  छ।

दलहरुबीच जारी बैठक नसकिएको र मन्त्री तथा मन्त्रालयको टुंगो लगाउन समय लाग्ने भएपछि बिहान १०ः३० बजेलाई तय भएको शपथग्रहण सरेको हो। 

प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको १६८ को उपधारा २ अनुसार कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको ४७ सांसदकाे समर्थन पाएका थापालाई मङ्गलबार मुख्यमन्त्री नियुक्त गरेका हुन्। गठबन्धनको सरकार बनाउन सभामुख बाबुराम गौतमले मङ्गलबार नै पदबाट राजीनामा दिएका थिए।

Logo