प्रचण्डकाे दाबी- माओवादी केन्द्रीय समितिले राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्ने ऐतिहासिक निष्कर्ष निकाल्छ

प्रचण्डकाे दाबी- माओवादी केन्द्रीय समितिले राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्ने ऐतिहासिक निष्कर्ष निकाल्छ


प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको केन्द्रीय समिति बैठकले राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्ने ऐतिहासिक निष्कर्ष निकाल्ने बताएका छन् । 

बुधवार काठमाडौंमा आयोजित नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) केन्द्रीय समितिको चौथो पूर्ण बैठकको घोषणा गर्दै अध्यक्ष दाहालले बैठकले पार्टी र आन्दोलनलाई मात्र नभई सिंगो जनता र राष्ट्रको आवश्यकलाई सम्बोधन गर्ने ऐतिहासिक निष्कर्ष निकाल्ने बताएका हुन् । उनले भने, ‘यो बैठकले पार्टी र आन्दोलनलाई मात्र होइन्, सिंगो जनता र राष्ट्रको आवश्यकलाई सम्बोधन गर्ने ऐतिहासिक निष्कर्ष निकाल्ने छ ।’

अध्यक्ष दाहालले पछिल्लो समयमा अन्तर्राष्ट्रिय र क्षेत्रीय राजनीतिमा ध्रूवीकरणका नयाँ प्रकृयाहरु देखा परेको भन्दै उक्त बैठकबाट पूर्ण निर्माणको अभियान चलाउने बताए । उनले भने, ‘यो बैठकबाट पूर्ण निर्माणको अभियान चाल्नुपर्छ । पछिल्लो समयमा अन्तर्राष्ट्रिय र क्षेत्रीय राजनीतिमा ध्रूवीकरणका नयाँ प्रकृयाहरु देखा परेका छन् ।’

आफूहरु एकताको नयाँ प्रकृयातिर जाँदै गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले अगाडि भने ‘अहिले हामीएकताको नयाँ प्रकृयातिर जाँदै छौं । हामी समाजवादका उद्देश्यकालागि जन समाजवादीमोर्चा निर्माणका लागि अगाडि बढ्दैछौं । विकास र राजनीतिको परिमार्जन समेत त्यसकाआधारमा पार्टी एकतालाई अझउचित गर्ने जर्मको गरेका छौं ।’ 

Logo