टेकुबाट दिँदै आइएको अपराध महाशाखाको सेवा अब बानेश्वरबाट

टेकुबाट दिँदै आइएको अपराध महाशाखाको सेवा अब बानेश्वरबाट


काठमाडौं ।

नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाको सेवा बानेश्वरबाट दिन शुरु गरिएको छ ।

काठमाडौँ महानगरपालिका–१२ टेकुबाट दिँदै आइएको सेवा अब वडा नं ३१ मीनभवन बानेश्वरबाट दिन शुरु गरिएको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार टेकुमा नयाँ भवन निर्माण शुरु गरिएकाले बानेश्वरबाट महाशाखाले सेवा दिन शुरु गरेको हो । महाशाखाले हाल बैंकिङ कसुर, ठगी, वैदेशिक रोजगारी, साइबर अपराध, चोरी, डकैती, गुण्डागर्दी, वन्यजन्तु तथा बहुमूल्य काठको तस्करी लगायतका मुद्दामा अनुसन्धान तथा कारवाही गर्दै आएको छ ।

Logo