1
0
Shares

मन्त्रीलाई कालोमोसो दल्न गएका राजपाका नेता कार्यकर्ता पक्राउ

1
1
1

जनकपुरधाम ।

प्रदेश २ मा एक मन्त्रीलाई कालोमोसो दल्न पुगेका युवाहरूलाई प्रहरीले पक्राउ गरेको छ । प्रदेश २ का सामाजिक विकास मन्त्री नवल किशोर साह (रामबाबु) लाई कालोमोसो दल्न पुगेका युवाहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा राष्ट्रिय जनता पार्टी नेपाल समर्थित राष्ट्रिय विद्यार्थी संघका युवाहरू रहेका छन् ।

जनकपुरधाम ८ स्थित जानकी हेल्थ केयर एण्ड रिसर्च सेन्टरको एक कार्यक्रममा सहभागी हुन पुगेका बेला मन्त्री साहलाई उनकै कार्यकर्ताले कालो झण्डा देखाउने र कालोमोसो दल्ने कार्यक्रमको योजना बनाएका थिए । तर प्रहरीले जानकारी पाएपछि उनीहरुलाई कालो झण्डा देखाउने क्रममा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

राजपा नेपाल धनुषाका जिल्ला अध्यक्ष मण्डलका सदस्य ज्ञानेन्द्र झा ‘ज्ञानू’ र मन्त्री साहबीच शुक्रबार साँझ विवाद भएको थियो । सोही विवादपछि ज्ञानेन्द्र झाले समाजिक सञ्जाल फेसबुकमा मन्त्री साहलाई औकातमा ल्याइदिने भन्दै कालोमोसो दल्ने चेतावनी दिएका थिए । पक्राउ गरिएका युवाहरूलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।
अन्नपूर्णबाट

प्रकाशित: ४ फागुन २०७६ ०७:३८ आइतबार

1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी