अन्य

ह्वात्तै बढ्यो हिमाल चढ्नेको संख्या

15 Shares

काठमाडौँ, २० असोज । यस वर्षको शरद् ऋतुमा हिमाल आरोहण गर्नेको संख्या उल्लेख्य रुपमा बढेको देखिएको छ । 

पर्यटन विभागका अनुसार अहिले मनास्लु, अमादब्लम, धौलागिरिलगायतका हिमाल तथा शिखर आरोहण गर्न आजको मितिसम्म केही नेपालीसहित १०७ आरोहण दलले आरोहण अनुमति लिएका छन् । 

आरोहीहरु अक्टोबर महिनाभरि आउने भएकाले यो संख्या अझै बढ्ने विभागको अनुमान छ । विभागका महानिर्देशक दिनेश भट्टराईका अनुसार अघिल्लो वर्ष यही मौसममा १५० आरोहण दलले आरोहण अनुमति लिएका थिए । अघिल्लो वर्षको संख्या र अवधिलाई हेर्दा यो वर्ष आरोहीको संख्या बढ्ने देखिन्छ । 

भारत, युरोप अमेरिकालगायत मुलुकबाट आएका कतिपय आरोहीले आरोहण शुरु गरिसकेका छन् । रासस

प्रकाशित: २० आश्विन २०७४ १५:१८ शुक्रबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी