बाढीपछि सकसपूर्ण कपनको जनजीवन,बालेनप्रति गुनासै गुनासो [भिडियाेसहित]

बाढीपछि सकसपूर्ण कपनको जनजीवन,बालेनप्रति गुनासै गुनासो [भिडियाेसहित]


सोमबार राती देखी मंगलबार बिहानसम्म काठमाडौंमा परेको अविरल वर्षाले कपनमा ठुलो क्षती पुयाएको छ । कपन आसपासको एरियामा खहरे खोला बस्तीमा पस्दा घरहरू डुबानमा परेका थिए ।

बुधबार बिहान कपनका रोडहरु बगर जस्तै बनेको छ । नदीनालाहरूमा जल सतहको अवस्था सामान्य रहेपनि वरपरको दृस्य भने निकै कारुणीक देखीएको छ । नदीतटीय क्षेत्रहरूमा बस्ने र सडकबाट यात्रा गर्नेहरू हिलो जमेर  सकस पूण्र्र यात्रा गर्न बाध्यछन् । बाटोमा नदि पसेर हिलो जम्नाले दुईपाङ्ग्रे तथा चार पाङ्ग्रे सवारी साधानहरु आवतजावतमा निकै समस्या पर्नुका साथै सवारी साधनहरु बाटोमा नै फसेर थन्कीएका छन् ।

रोडछेउमा पसल संचालन गरेर बसेका कयौ व्यापारीहरुको पसलमा नै पानी पसेको छ भने कयौ घरका पर्खालहरु भत्किएकाछन् । धेरै सडकहरु पनि भासीएको छ । अझै काठमाडौँ उपत्यकामा २,३ दिन बाढी र पानीको सम्भावना रहेकोले स्थानीयहरुले सत्र्तकता अपनाउनु पर्ने बाढी पूवानुमान महासाखाले जनाएको छ । 

बर्खा लागेसंगै सुरु हुने बाढीको समस्याले गर्दा स्थानीयहरु आजीत बनेका छन् । प्रत्येक वर्ष समस्या देखीए पनि सरकारले दिर्घकालीन रुपमा काम गर्न नसकेको स्थानीयहरुले गुनासो गरेका छन् । 
 

Logo