सरकार आफ्ना आलोचकलाई तर्साउन उद्दत रहेको अध्यक्ष ओलीको आरोप

सरकार आफ्ना आलोचकलाई तर्साउन उद्दत रहेको अध्यक्ष ओलीको आरोप


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वहालवाला सांसदलाई गिरफ्तार गर्दा सभामुखलाई समेत जानकारी नदिएको भन्दै सरकारको आलोचना गरेका छन् । 

आईतबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले उजुरीको भरमा गिरफ्तार गर्ने हो भने कोही पनि बाँकी नरहने बताएका हुन् । उनले सरकार आफ्नो आलोचना गर्नेहरुलाई तर्साउन उद्दत रहेको आरोप पनि लगाए । 

उनले भने, ‘एउटा जननिर्वाचित सांसदलाई गिरफ्तार गर्दा सभामुखलाई जानकारी दिनु र ईजाजत लिनु पर्दैन् ? कारण खुलाउनु पर्दैन् ? कार्यकर्ताको उजुरीको भरमा मान्छे गिरफ्तार गर्ने हो भने कोही पनि बाँकी रहँदैनन ? यो सबै बोल्न नदिने मुख बन्द गराउने तर्साउने सांसदलाई त यस्तो गर्न सक्छन भने सरकारले के गर्न सक्दैन भनेर तर्साउने ।’ 

अध्यक्ष ओलीले जो यस्ता क्रियाकलापमा सहभागी छ यसैले नै यो अनेक प्रकारका ह्युमर खडा गरेर सबैलाई भड्काउन खोजेको आरोप पनि लगाए । यो विषयमा सबैले गम्भीर हुनुपर्ने धारणा राख्दै उनले नेपाली जनताले त्यसमा स्पष्ट दृष्टिकाेण राख्नुपर्ने बताए ।

Logo