कोरोनाको खोप चिनियाँ सेनामा प्रयोग गरिंदै 

कोरोनाको खोप चिनियाँ सेनामा प्रयोग गरिंदै 


चीनमा कोभिड–१९ विरुद्ध खोप तयार भएको एक कम्पनीले दाबी गरेको छ । बायो फर्मास्युटिकल फर्म कानसिनो बायोजिक्सले सोमबार नयाँ खोपबारे जानकारी दिएको हो ।

तत्काललाई यो खोप चिनियाँ जनसेनाको आन्तरिक प्रयोजनका लागि मात्र सरकारले उत्पादन अनुमति दिएको छ । चिनियाँ जनसेनाको अनुसन्धान टोलीले यो खोप तयार पारेको हो । यो खोपको नाम ‘एडी ५–एनकोभ’ जुराइएको छ ।  कोरोना संक्रमित आफ्ना सैनिकमा प्रयोग गर्न सेनाले एक वर्षको अनुमति पाएको छ । चीनको केन्द्रीय सैन्य आयोगअन्तर्गतको स्वास्थ्य ब्युरोले अनुमति नदिएसम्म सेनाभन्दा बाहिर यो खोप प्रयोग गर्न पाइनेछैन ।

कानसिनोले खोप अनुसन्धानका लागि क्यानेडियन नेसनल रिसर्च काउन्सिलसँग सहकार्य गरिरहेको छ । कम्पनीले खोप अनुसन्धान र उत्पादनमा सेनाको मेडिकल साइन्स एकेडेमीअन्तर्गत इन्स्टिच्युट अफ बायोटेक्नोलोजीको सहयोग प्राप्त गरेको थियो ।

हालसम्म यो खोपलाई दुईपटक परीक्षण गरिएको छ । दुवै परीक्षणको नजिता सकारात्मक देखिएको कम्पनीले जनाएको छ । दोस्रो चरणको परीक्षणमा कोरोना संक्रमितको शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउन प्रभावकारी देखिएको छ ।

Skip This
Logo