२० मंसिर २०७८ सोमबार

दुई करोडको फूलले सिङ्गारिदै पशुपतिनाथ मन्दिर (भिडियोसहित)

काठमाडौं ।

पहिलो पटक पशुपतिनाथ मन्दिर दुलही झैं फूलै फूलले सजिने भएको छ । हिन्दु धर्ममा हरेक पर्वमा पूजा गर्दा होस या कुनै पनि कार्य गर्दा होस् फूल प्रयोग गर्ने गरिन्छ ।

यसरी नै हिन्दुहरुको पर्व महाशिवरात्रि नजिकिंदैछ । यसैका निम्ती भनेर भारतको ग्लेज ट्रेडिङ इन्डिया प्रा.लि.का निर्देशक सञ्जीव छिब्बर र चेतन हन्डाका निर्देशक केके शर्माले संयुक्तरुपमा यसपालि पशुपतिनाथ मन्दिरलाई २ करोड बराबरका फूलले सजाउने भएका छन् । उनीहरुले व्यक्तिगत तबरले पशुपतिप्रतिको आस्था समेट्दै यसरी करौडौं रुपैयाँ खर्च गर्ने भएका हुन् ।

पशुपतिमा सजाइने फूल एक सय भन्दा धेरै थरीका छन् । जसमा सयपत्री, गुलाब, क्यामेसन, जरबरा, लिली, अलिको, कन्वारी, अर्किड, गोदावरी, एसिया टिक, देल्ही र जेप्सी लगायत विभिन्न जात र रङका फूल ल्याएर पशुपति सजाउन लागिएको हो ।

यी फूलहरु भारतका अधिकांश क्षेत्रहरुका साथै थाइल्याण्ड, अस्ट्रेलिया र कोरियाबाट ल्याइएको छ । यी फूलको आयु हप्ता दिन सम्म रहने बताइएको छ ।

पशुपतिनाथ सजाउन भारतबाटै करिब दुई देखि तीन सय भारतीय कामदार नेपाल आएका छन् । सजावटको काम बिहिबार साँझसम्म सम्पन्न हुनेछ । हेरौं यो भिडियोमा :

प्रकाशित: ८ फागुन २०७६ ०६:०६ बिहीबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी