कक्षा १२ मा ५१ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण, झण्डै ७ हजारले ल्याए ए प्लस

कक्षा १२ मा ५१ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण, झण्डै ७ हजारले ल्याए ए प्लस


यस वर्षको कक्षा १२ को परीक्षामा करिब ५१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । 

गत वैशाख २६ गतेदेखि जेठ ५ गते सञ्चालित उक्त परीक्षाको नतिजा मंगलबार राष्ट्रिय परिक्षा बोर्ड बैठकले सार्वजनिक गरेको हो । देशभरका एक हजार चार सय ५७ परीक्षा केन्द्रबाट करिब चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थी सहभागी भएका थिए । जसमा करिब ५१.९१ प्रतिशत मात्र विद्यार्थी ग्रेडेड (उत्तीर्ण) भएका छन् । यसमा ६ हजार ९७६ विद्यार्थीले ए प्लस ग्रेड ल्याएका छन् । त्यस्तै, ३.२१ देखि ३.६० जीपीए ल्याउने विद्यार्थीको संख्या ३८ हजार ९९९ रहेको छ।

त्यस्तै ४९.०९ प्रतिशत भने नन ग्रेडेड भएका छन् । तर, यो  नतिजा गत वर्षमा भन्दा सुधार भएको बोर्डले जनाएको छ ।  गत वर्ष कक्षा १२ मा ४९ प्रतिशत विद्यार्थीले मात्र ग्रेडसिट (३५ प्रतिशत अङ्क प्राप्त गर्ने) प्राप्त गरेका थिए। 

यसरी हेर्न सकिन्छ नतिजाः 

कक्षा १२ को परीक्षाफल बोर्डको आफ्नै वेबसाइड र नेपाल टेलिकमको विभिन्न प्लेटफर्मबाट थाहा पाउन सकिने व्यवस्था गरेको छ। बोर्डका अनुसार नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट  र नेपाल टेलिकमको वेबसाइटमा गएर हेर्न सकिन्छ।

त्यसैगरी एसएमएसबाट पनि नतिजा हेर्न सकिने छ। त्यसका लागि लभद लेखेर एक स्पेस दिई आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० नं मा र नेपाल टेलिकमको १६०१ मा एसएमएस पठाएर पनि हेर्न सकिने छ।

Logo