नयाँ सिजनको प्रिमियर लिगमा उपाधि दाबेदारी टोली लिभरपुलले पहिलो जित दर्ता गरेको छ।
शनिबार भएको लिगको आफ्नो दोस्रो खेलमा लिभरपुलले घरेलु मैदानमा बर्नमाउथलाई ३-१ गोलअन्तरले पराजित गरेको हो। लिभरपुलका लागी मोहमद सलाह, लुइस डियास र डिएगो जोटाले समान १-१ गोल गरे।
बर्नमाउथका लागी एन्टोनी सेमेन्योले १ गोल गरे। यो जितसंगै लिभरपुलले २ खेलमा ४ अंक जोडेको छ। त्यस्तै बर्नमाउथको समान खेलमा १ अंक रहेको छ।
प्रतिक्रिया