विजयकुमार गच्छेदारसँग सिआईबीले लियो बयान

विजयकुमार गच्छेदारसँग सिआईबीले लियो बयान


बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरोले विजयकुमार गच्छेदारसँग बयान लिएको छ। सोमबार साँझ अनुसन्धान अधिकृतहरुले गच्छेदारसँग महाराजगञ्जस्थित सिआईबीमा बयान लिएका हुन्।

पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको छ। तर, प्रहरीले उनलाई बयान लिएर छाडेको छ। सोमबार नै अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरिएपछि पूर्वमन्त्री चन्द्रदेव जोशी र गच्छेदारको बयान गराउँदा ढिला भएको सिआईबीका अधिकारीहरु बताउँछन्।

संगठित रुपमा सरकारी लिखत किर्ते गरेर बालुवाटार क्याम्प भित्रको १४७ रोपनी जग्गा हिनामिना प्रकरणमा गच्छेदार संलग्न रहेको सिआईबीको अनुसन्धान निष्कर्ष छ। जग्गा हिनामिना आरोपमा १८ जना हिरासत छन् ।

Logo