सुन तस्करी प्रकरणबारे मस्यौदा समितिको बैठक बस्दै

सुन तस्करी प्रकरणबारे मस्यौदा समितिको बैठक बस्दै


सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको मस्यौदा समितिको बैठक बस्दै छ। मङ्गलबार दिउँसो १२ बजे प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा मस्यौदा समितिको बैठक बस्न लागेको हो ।

सोमबार बसेको प्रमुख राजनीतिक दलको शीर्ष नेताहरूको बैठकमा सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन समिति बनाउन सहमति भएको थियाे। बैठकले छानबिन समितिको कार्यादेश र संरचनाको ड्राफ्ट बनाउने जिम्मा एमालेका सुवास नेम्वाङ, कांग्रेसका रमेश लेखक र माओवादी केन्द्रका हितराज पाण्डेलाई दिइएको थियो । समितिले तयार पारेको मस्यौदामा २ बजे शीर्ष नेताहरूको हस्ताक्षर गर्ने बुझिएको छ। 

Logo