मेरो छायाँ देखेर एमाले सर्वदलीय बैठकमा आएनः माधव नेपाल

मेरो छायाँ देखेर एमाले सर्वदलीय बैठकमा आएनः माधव नेपाल


नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा आफ्नो छायाँ देखेर एमाले नआएको बताएका छन् । 

नेकपा एसको मंगलबारबाट शुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालले एमाले संकीर्ण पार्टी भएको आरोप पनि लगाए । उनले भने, ‘राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा म पनिगएको थिए । थाहा छैन मलाई किनहो एमालेका नेताहरु आएनन् । सम्भवत त्यहाँ माधव नेपालको छाँया परेको हुनाले होला उहाँहरु आउनु भएन ।’  

अध्यक्ष नेपालले आफूहरुमा त्यस्तो खालको संकीर्णता र सानो चित्त पनि नभएको बताए । आफूहरु सबैको मान राख्दै सबै साँझा विषयवस्तुहरुमा हातेमालो गर्दै अगाडि बढ्न चाहेको उनको भनाइ थियो ।

Logo