काठमाडौँ, २२, असोज
आदित्य नारायण झाले नेपाली आधुनिक गीतमा पहिलोपटक आवाज दिएका छन । केही नेपाली चलचित्रमा उनको आवाज सुनिएता पनि आधुनिक गीत ‘फूल जस्तै’ भने पहिलो हो । गीतमा संगीतकार शिखर सन्तोष र गीतकार मनि शर्मा रिजालको शब्द रहेको छ । सो गीतको लिरिकल भिडियोलाई नै स्रोता र दर्शकले अत्याधिक मन पराएका छन । उक्त गीतको म्युजिक भिडियो पनि निर्माण भएको छ । सञ्जय बरालको निर्देशनमा बनेको उक्त भिडियोमा नायक पुष्प खड्का र नायिका केकी अधिकारीको अभिनय देख्न सकिने छ । बुद्ध थापाको छायाङकनमा रहेको भिडियोलाई भरत रेग्मीले सम्पादन गरेका हुन ।
प्रकाशित: २२ असोज २०७४ ०८:३३ आइतबार