1
1
1
1
1

0 Shares

शिशु जन्मने वित्तिकै रुनुको सट्टा रिसाएपछि.....

1
1
1
1
1
1

शिशु जन्मिनासाथ रुन्छन् । नेपाली समाजमा त झन् शिशु रूनुपर्ने मान्यता नै छ ।

तर ब्राजिलकी एक नवजात शिशु जन्मिएको ४ मिनेटमा नै रूनुको सट्टा रिसाइन् । उनको यो फोटो अहिले विश्वभर भाइरल भइरहेका छन् ।

दक्षिण अमेरीकी मुलुक ब्राजिलको रियो दी जेनेरियोमा एक बालिका जन्मनासाथ भाइरल बनेकी हुन् । यसरी भाइरल हुनुको पछाडि भने उनको अनुहारको भाव हो ।

खासमा शिशु जन्म भएपछि चार मिनेटमा नै चिकित्सकले उनको नाभी काट्न खोजे । तर जन्मदा नरोएकी शिशुको नाभी काट्नुअघि उनलाई रुवाउन आवश्यक थियो ।

तर जसै चिकित्सकले उनलाई रुवाउन कोशिस गरे शिशुले एकाएक रिसाएको भाव देखाइन् । उनको यस्तो प्रतिक्रिया देखेर अस्पतालको वातावरण उल्लासमय बनेको थियो । नाभी काटेपछि भने उक्त नवजात शिशु (बालिका) रोएकी थिइन् ।

प्रकाशित: १३ फागुन २०७६ ०९:३८ मंगलबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी