अन्य प्रदेश ३

'राष्ट्रिय सहमति विना संविधान संसोधन असम्भव' : देव गुरुङ

15 Shares

काठमाडौं ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक देव गुरुङले संविधान संशोधनको आवश्यकता भएपनि राष्ट्रिय सहमति विना सम्भव नभएको बताएका छन् ।

संबाद डबलीमा भएको साक्षात्कार कार्यक्रममा उनले अहिलेको संविधानमा धेरै परिमार्जन गर्नुपर्ने विषय भएपनि राष्ट्रिय सहमति नबन्दासम्म संम्भव नभएको बताएका हुन् । उनले संविधान सम्झौताको दस्तावेज भएको उल्लेख गर्दै राष्ट्रिय सहमति जुटेको खण्डमा संशोधन गर्न सकिने तर सहमति नभए संशोधन नै गर्न नसकिने बताए ।

संविधान संशोधनका लािग नेकपा सचिवालयले कार्यदल नै गठन गरेको थियो । तर पार्टी भित्र र बाहिरबाट यसको विरोध भएपनि भंग गरिएको छ । राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संशोधन गर्न खोजिएको भन्दै विरोध भएको थियो ।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्याजेञ्ज कर्पोरेशन (एमसीसी) का विषयमा कार्यदलको सुझाव अनुसार नै सचिवालयले निर्णय गर्ने उनले बताए । पार्टीको स्थायी समिति बैठक र केन्द्रीय समिति बैठकमा उठेका कुराहरु समेटेर कार्यदलले अध्ययन गरेको र सुझाव पेश भएको उनले बताए । राष्ट्रिय हित अनुकुल बनाएर एमसीसी सम्झौता सचिवालयबाट पारित हुनेमा आफू विश्वस्त रहेको उनले बताए ।

एमसीसीका विषयमा नेकपाभित्र र बाहिर विवाद बढ्दै गएपछि अध्ययनका लागि कार्यदल बनेको थियो । अध्ययन कार्यदलले आफ्नो सुझाव सहितको प्रतिवेदन पेश गरिसकेको छ । अब नेकपा सचिवालयले निर्णय गरेपछि संसदबाट पारित गर्ने/नगर्ने विषय टुंगो लाग्नेछ । एमसीसीमा रहेका कतिपय बुँदाहरु राष्ट्रिय हित विपरित भएको भन्दै विरोध हुँदै आएको छ ।

प्रकाशित: १५ फाल्गुन २०७६ १५:३० बिहीबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी