एसिया कपः श्रीलंका र बंगलादेश भिड्दै, कुन टीम कति बलियो?

एसिया कपः श्रीलंका र बंगलादेश भिड्दै, कुन टीम कति बलियो?


एसिया कपको दोस्रो खेल आज घरेलु टोली श्रीलंका र बंगलादेशबीच हुँदैछ।  श्रीलंकाको पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा यी दुई टोलीबीचको खेल नेपाली समय अनुसार ३ः१५ बजे सुरु हुँदैछ। 

साविक विजेता श्रीलंकाले बंगलादेशलाई आफ्नो होम ग्रउण्डमा हराएर एसिया कपको शुरुवात जीतका साथ गर्न चहन्छ। यी दुई टोलीले आफ्ना प्रतिद्धन्द्धीहरुसँग खेलेका पछिल्ला ५ खेल हेर्ने हो भने बंगलादेशले ३ वटा खेल जितेको छ भने २ वटा खेल हारेको छ।

श्रीलंका भने राम्रो लयमा देखिएको छ उसले आफ्ना ५ वटा खेलमा ५ वटै खेलमा जीत निकालेको छ। श्रीलंकाको टोली भने अहिले युवा टोली छ र यसले विश्व क्रिकेटमा अहिले  राम्रो प्रदर्शन गरिरहेको छ। यी दुई टोलीले २०२१ भन्दा यता खेल खेलेका छैनन्। पछिल्ला ५ भेटमा बंगलादेशले दुई खेलमा जीत निकालेको छ भने ३ खेलमा श्रीलंकाले जितेको छ। 

यी दुई टोलीको हेडटु्हेड हेर्ने हो भने जम्मा ५१ खेल खेलेका छन् जसमा ४० खेल श्रीलंकाले जीतेको छ भने ९ खेलमा बंगलादेश विजयी भएको छ। २ वटा खेलमा नतिजाविहीन भएको छ। श्रीलंकाको पल्लेकेलेमा भने एउटा खेल खेलेका छन् जसमा श्रीलंका विजयी भएको थियो।

यसरी यी दुई टोलीको भेटको विश्लेषण गर्दा बंगलादेश भन्दा श्रीलंकाको टीम बलियो देखिन्छ। श्रीलंकालाई हराउँन बंगलदेशलाई निक्कै मुस्किल देखिएको छ। यता श्रीलंकाले होम क्राउडको फाइदा पनि उठाउन सक्छ।

एसिया कपको आयोजक राष्ट्र पाकिस्तान भए पनि भारतले पाकिस्तानमा खेल्न अस्वीकार गरेपछि अधिकांश खेलहरू श्रीलंकामा हुँदैछन। एसिया कपमा नेपालसहित अफगानिस्तान, बंगलादेश, पाकिस्तान, श्रीलंका र भारत रहेका छन्। एसिया कपको भारत र पाकिस्तान प्रमुख दावेदार भनिए पनि साविक विजेता भने श्रीलंका हो।

Logo