नयाँ कार्यसमिति चयन गर्दै राउण्ड टेबल नेपालको २३औं वार्षिक साधारणसभा सम्पन्न

नयाँ कार्यसमिति चयन गर्दै राउण्ड टेबल नेपालको २३औं वार्षिक साधारणसभा सम्पन्न


राउण्ड टेबल नेपालको २३औं वार्षिक साधारणसभा भदौ ९ गते सम्पन्न भएको छ । 

काठमाडौंस्थित हायात होटलमा आयोजित साधारणसभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन परित गर्नुका साथै लेखा परिक्षकको प्रतिवेदन पारित गरी नयाँ कार्य समिति समेत चयन गरेको हाे ।

नयाँ कार्यसमितिको अध्यक्षमा नितेशकुमार अग्रवाल, उपाध्यक्षमा प्रवेश अग्रवाल, महासचिवमा प्रतिक अग्रवाल, कोषाध्यक्षमा साहिल अग्रवाल तथा सम्पादकमा पंकज झुनझुनवाला निर्वाचित भएका छन् । त्यस्तै निर्वतमान अध्यक्ष राहुल अग्रवाल रहेका छन् ।

राउण्ड टेबल नेपाल १८ देखि ४० वर्षसम्मका पुरुष युवाहरुको संस्था हो, जसको मुख्य उदेश्य एडप्ट, एडप, इम्प्रुभ हो । यस संघले आफ्नो उदेश्य पुरा गर्नका लागि पहिले समाजमा रहेका समस्याहरुको पहिचान गरी एडप्ट गर्दछ, एडप्ट गरेका कार्यहरुलाई स्थानिय विविधतालाई आत्मसाथ गर्दै एडप गर्दछ र त्यसलाई निरन्तररुपमा इम्प्रुभ गर्न प्रयासरत रहन्छ ।

राउण्ड टेबल नेपाल विगत २३ वर्षदेखि नेपालभरि विभिन्न सामाजिक कार्यहरुमा संलग्न रहेको छ । विषेशगरी संस्थाले शिक्षा, स्वास्थ्य तथा पर्यावरणको श्रेत्रमा अग्रसर भई कार्यहरु गरिरहेको छ ।

नव–निर्वाचित कार्य समितिले खासगरी आफ्नो कार्यकालमा राउण्ड टेबलले सुरु गरेका कार्यक्रमहरु जस्तै विद्यालयहरुको स्तरउन्नति, राउण्ड टेबल नेपाल मोडल स्कुल स्थापना, विपन्न वर्गका बालबालिकाहरुलाई प्रदान गर्दै आएको छात्रवितृ कार्यक्रम, तथा १ देश १ लाख विरुवाको नारालाई समेत निरन्तरता दिने भएको छ ।

यसका साथै आफ्ना सदस्यहरुलाई विभिन्न तालिम तथा गोष्ठीहरुको आयोजना गरी सदस्यहरुको सिप विकासका साथै सदस्यहरुवीचको सम्बन्ध अझ सुदृढ गर्ने योजना रहेको जानकारी गराएका छन् ।

Logo