९ जेठ २०७९ सोमबार
1
1
1
1

कोरोना भाइरस : उच्च सतर्कता अपनाउन सांसदहरुद्वारा सरकारको ध्यानाकर्षण

1
1
1
1
1
1

काठमाडौं ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले कोरोना भाइरसको सङ्क्रमणबाट नेपालीलाई जोगाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको शून्य समयमा अञ्जना विशुन्खे, अतहरकमाल मुसलमान, एकवल मियाँ, कलिला खातुन, तुलसा थापा, कृष्णभक्त पोखरेल, खगराज अधिकारी, गङ्गा चौधरी, छक्कबहादुर लामा, जिपछिरिङ लामा, जीवनराम श्रेष्ठ र जुलीकुमारी महतोले कोभिड–१९ बाट बच्नका लागि उच्च सतर्कता अपनाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

मित्रराष्ट्र चीनबाट फैलिएको कोरोना भाइरस विश्वका ६४ मुलुकमा फैलिसकेको, तीन हजार मानिसको ज्यान गइसकेको तथा झण्डै ८६ हजार मानिसमा सङ्क्रमण देखिएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले समेत नेपाल कोरोना भाइरसको उच्च जोखिममा रहेको बताउँदै आएको छ ।

यस्तै प्रतिनिधिसभाको आजको बैठकले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, ०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले सो सम्बन्धी प्रस्ताव राखेका थिए ।

प्रकाशित: १९ फागुन २०७६ १५:१० सोमबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी