बेल्जियम र इटालीको जित

बेल्जियम र इटालीको जित


यूईएफए युरो २०२४ छनोटको समूह चरणमा मंगलबार बेल्जियम र इटालीले जित हासिल गरेका छन्।

समूह एफ मा रहेको बेल्जियमले एस्टोनियामाथि ५-० को फराकिलो जित निकालेको हो। बेल्जियमलाई जिताउन रोमेलु लुकाकुले दुई, जान भर्टोङ्गन, चार्ल्स डे केटेलेर र लिआन्ड्रो ट्रोसार्डले एक-एक गोल गरेका हुन्।

बेल्जियम पाँच खेलमा १३ अंक सहित शीर्ष स्थानमा छ। समान पाँच खेलमा १३ अंक नै रहेको अष्ट्रिया गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ। अष्ट्रियाले गएराति नै स्वीडेनलाई ३-१ ले हराएको थियो।

उता समूह सि मा इटालीले युक्रेनलाई २-१ ले पराजित गर्यो। इटालीको जितमा दुवै गोल डाभिडे फ्राटेसीले गरे। युक्रेनका लागि एक सान्त्वना गोल अन्द्रिय यार्मोलेन्कोले गरेका थिए।

समूहमा इंग्ल्याण्ड पाँच खेलमा १३ अंक सहित शीर्ष स्थानमा छ। त्यसपछि इटाली, युक्रेन र नर्थ म्यासेडोनियाको समान सात अंक छ। युक्रेनले इटाली र नर्थ म्यासेडोनिया भन्दा एक खेल कम खेलेको छ।

Logo