सिप्रदी अटो पार्ट्स र डायनामिक टेक्नोसफ्टबीच सम्झौता​

सिप्रदी अटो पार्ट्स र डायनामिक टेक्नोसफ्टबीच सम्झौता​


सिप्रदी अटो पार्ट्स प्राइभेट लिमिटेड र डायनामिक टेक्नोसफ्टबीच वित्तीय सम्झौता भएको छ।

टाटा जेन्युन् पार्ट्स र टाटा मोटर्स जेन्युन् आयलको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदीले खुद्रा बिक्रेतालाई ईआरपी सफ्टवेयर उपलब्ध गराउनका लागि सम्झौता गरेको हो।

सम्झौतामा सिप्रदी अटोपार्ट्स प्रालिका वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकी र डायनामिक टेक्नोसफ्टका निर्देशक सन्दीप केसीले हस्ताक्षर गरेका छन्। 

सम्झौता हस्ताक्षर समारोहमा सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा मोटर्सका इन्टरनेशनलका बिजनेस हेड राकेश मित्तलको विशेष उपस्थिति रहेको थियो।

सम्झौताअनुसार पहिलो चरणमा काठमाडौँका चार खुद्रा व्यापारी श्रेया मोटर पार्ट्स, विजेता अटो पार्ट्स, कालीदेवी-सेतीदेवी मोटर पार्ट्स र पाँचखाल अटो स्पेयरलाई ईआरपी सफ्टवेयर प्रदान गरिएको छ।

यो सफ्टवेयर प्रयोग गरेर खुद्रा विक्रेताहरूले खाता र स्टक व्यवस्थापनलाई सहज र सरल ढंगबाट काम गर्न सक्छन्। सफ्टवेयर प्रयोग खुद्रा बिक्रेताहरूको व्यापार वृद्धि र व्यवस्थापनमा माइलस्टोन हुन कम्पनीको विश्वास छ।

Logo