तीनकुनेमा भएको सामूहिक हत्याको अनुसन्धान गर्न एसएसपीको नेतृत्वमा समिति गठन

तीनकुनेमा भएको सामूहिक हत्याको अनुसन्धान गर्न एसएसपीको नेतृत्वमा समिति गठन


काठमाडौँको तीनकुनेस्थित दिव्या सःमिलमा भएको सामूहिक हत्या प्रकरणको अनुसन्धान गर्न प्रहरीले समिति गठन गरेको छ।

शुक्रबार राति सःमिल हाताभित्र भएको विभत्स हत्याको छानबिन गर्न काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआइजी दीपक थापाले पाँच सदस्यीय अनुसन्धान समिति गठन गरेका हुन्। 

कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीका अनुसार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्र सिंह राठौरको नेतृत्वमा परिसर र बानेश्वर वृत्तका प्रहरी अधिकारी सदस्य रहनेगरी समिति गठन गरिएको छ। 

समितिमा जिल्ला प्रहरी परिसरका काठमाडौँका डिएसपी हरि खतिवडा, रानीपोखरीका डिएसपी सुवास खड्का, अपराध अनुसन्धान कार्यालयका डिएसी सुरक्षा केसी र प्रहरी वृत्त वानेश्वरका इन्सपेक्टर विरेन्द्र केसी सदस्य छन्। 

Logo