‘एनआरएन द सिङगर’ रियलिटि शो आगामी हप्तादेखि

‘एनआरएन द सिङगर’ रियलिटि शो आगामी हप्तादेखि


गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा पहिलो पटक आयोजना हुन लागेको रियलिटि शो 'एनआरएन द सिङगर' को पहिलो प्रस्तुति आगामी हप्तादेखि सुरु हुने भएको छ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको एनआरएनए संस्कृति तथा सम्पदा समितिका अध्यक्ष तथा कार्यक्रम संयोजक गोविन्द प्रसाद गौतमका अनुसार पहिलो शो आगामी आइतबारदेखि रेर्कडिङ गरिने भएको हाे।सो प्रतियोगितमा ६ महादेशका करिब ५ दर्जन प्रतियोगीहरु सहभागी हुने अपेक्षा गरिएको छ।

गैरआवासीय नेपाली संघका अनुसार सो प्रतियोगतमा भाग लिन चाहने १५ वर्ष भन्दा माथिका प्रतियोगीहरुले सेप्टेम्बर २२ तारिखभित्र आआफ्नो नाम दर्ता गरि सक्नु पर्ने हुन्छ।

“एनआरएन द सिङ्गर” नामक सिंगीङ रियलिटी शो कोभिड महामारी र यसबाट विश्व अर्थतन्त्रमा परेको प्रत्यक्ष प्रभावको कारण स्थगित गरिएको थियो। उक्त कार्यक्रम संघको ११ औँ विश्व सम्मेलन तथा महाधिवेशनकोे अवसर पारेर पुनः संचालन गर्ने निर्णय गरिएको हो।

राजधानी काठमाडाैँ फाइनल प्रतियोगिता सम्पन्न हुने कार्यक्रममा संघका सबै राष्ट्रिय समन्वय परिषद (एनसिसी) हरूलाई प्रतियोगी छनोट गरेर पठाउन संघले आव्हान गरेको छ। कार्यक्रम संयोजक गौतमले प्रतियोगितमा नयाँ पुस्ताको सहभागिताले कार्यक्रमप्रति थप विश्वास बढेर जाने बताए। 

प्रतियोगिताको लागि वरिष्ठ गायक शम्भु राई, गायिका शर्मिला बर्देवा र संगितकार रुपक कुमार शाही समुदा रहेको निर्णायक मण्डल गठन गरिएको छ। 

कार्यक्रममा विजेता तथा उपविजेताहरुलाई नगद तथा प्रमाणपत्र प्रदान गरिने गैरआवासीय नेपाली संघले जनाएको छ। कार्यक्रमको व्यवस्थापनको जिम्मा युनिटेक कम्पनी काठमाडाैँले लिएको छ।

विस्तृत जानकारीको लागि : एनआरएन द सिङ्गर, सिजन- १ www.nrnthesinger.com मा गएर, Digital Audition को फारम भरेर अथवा [email protected] मा आफ्नो नाम, ठेगाना, सम्पर्क नम्बर र भिडियो पठाएर भाग लिन सकिनेछ।

Logo