यो संविधानको विकल्प खोजिनु हुँदैनः अधिकारकर्मी पहाडी

यो संविधानको विकल्प खोजिनु हुँदैनः अधिकारकर्मी पहाडी


मानवअधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले यो संविधानको विकल्प खोजिन नहुने बताएका छन् । 

संविधान दिवसको अवसरमा कुरा गर्दै अधिकारकर्मी पहाडीले भने ‘संविधान बन्न सहज थिएन । संविधान बनिसकेपछि लागु गर्न झनै सहज थिएन । ६२ ६३ को आन्दोलनको गजमा यो संविधान बनेको हो यसमा दुईमत छैन ।’ 

उनले यो संविधान टिक्नुमा नागरिकको स्वामित्व रहेको आधार नै प्रमुख भएको टिप्पणी गरे । उनले भने ‘त्यसका ३ वटा घटक थिए । आम नागरिकको स्वामित्व सहभागिता छ त्यसैले यो सफल भयो । संविधान अनेकौं व्यवधान र विकृतिका बाबजुत पनि टिकेको कारण आम नागरिकको स्वामित्व भएको हुनाले त्यो अहिलेसम्म टिकेको हो ।’ 

अधिकारकर्मी पहाडीले संविधान संशोधनमा लचक हुनुपर्ने बताए । छुटेका विषयलाई समेट्न संविधान लचिलो हुनुपर्ने उनको भनाई छ । ‘संविधान भनेको नदी जस्तो निरन्तर बगिरहने प्रकृया हो । यो अवरुद्ध हुनु भएन गतिशील हुनुपर्छ । भारतको संविधान १०० पटक भन्दाबढि संशोधन भईसकेको छ । भारतमा जतिसुकै आक्रोश बढेपनि सत्ताप्रति पोखिन्छ सडकमा तर नेपालमा फरक छ । ईतिहासबाट कसैले पाठ सिकेका छैनन् । संविधानको लागि फेरि विवाद बहस नहुने भन्ने हुनु हुँदैन् । यो लचिलो हुनुपर्छ ।’ 

Logo