अन्य प्रदेश ३

एपेक्स बैंक घोटाला काण्डमा मुछिएका ठेकेदार भेटवाल प्रहरी नियन्त्रणमा

15 Shares

एपेक्स बैंक घोटाला काण्डमा मुछिएका ठेकेदार मनोज भेटवाललाई प्रहरीले  नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले भेटवाललाई आज बिहान नियन्त्रणमा लिएको हो ।

भारतमा बस्दै आएका भेटवालविरुद्ध ७५ लाख १० हजार रुपैयाँको चेक बाउन्समा उजुरी परेको थियो । २०७५ वैशाखमा भेटवाललाई केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले बैंकका कर्मचारीको मिलोमतोमा कमसल जग्गा धितो राखेर ११ करोड ठगी गरेको अभियोगमा नियन्त्रणा लिएको थियो ।

उनी प्रहरीको खोजी सुचिमा थिए । भेटवाललाई पक्रन प्रहरीले उच्च अदालत पाटनबाट अनुमति लिएको बताएको छ । उनी पुरानो बसपार्कमा बन्दै गरेको २१ तले भ्युटावरका ठेकेदार पनि हुन् ।

प्रकाशित: २७ फाल्गुन २०७६ ११:३७ मंगलबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी