प्रतिनिधिसभा बैठक आज बस्दै, विद्युत विधेयकमाथी छलफल हुने

प्रतिनिधिसभा बैठक आज बस्दै, विद्युत विधेयकमाथी छलफल हुने


संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ। बैठक दिउँसो साढे ३ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने भएकाे छ।

आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ।

यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले विद्युत विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावमाथीको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिने कार्यक्रम रहेको छ।

यसैगरी सभामुख घिमिरेले उक्त विद्युत विधेयक,२०८० माथी विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

Logo