‘एकताबद्ध, परिणाममुखी र पारदर्शितासहितको प्रभावकारी एनआरएनका लागि मेरो नेतृत्व’ -महेश कुमार श्रेष्ठ

‘एकताबद्ध, परिणाममुखी र पारदर्शितासहितको प्रभावकारी एनआरएनका लागि मेरो नेतृत्व’ -महेश कुमार श्रेष्ठ


गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११ औं महाधिवेशन आगामी अक्टोबर १७ मा काठमाडौंमा हुँदैछ । चुनावी सरगर्मी बढेसंगै विभिन्न पदका आकांक्षी उम्मेदवारहरुले प्रचारप्रसार तीव्र पारेका छन् । एनआरएनए अध्यक्षका प्रत्यासी महेश श्रेष्ठ समेत यो चुनावी मैदानमाा आफ्ना एजेण्डाहरु लिएर मैदानमा उत्रिएका छन् । उपाध्यक्षसमेत रहेका श्रेष्ठ दुई वर्षे (सन् २०२३-२०२५) कार्यकालका लागि ‘समुन्नत नेपाल, सम्मानित गैरआवासीय नेपाली’ नारासहित चुनावी मैदानमा छन् । केन्द्रबिन्दुले श्रेष्ठलाई तपाईं अध्यक्ष भएमा यो संस्थालाई कसरी बलियो बनाउनु हुन्छ भनेर सोधेको थियो । प्रस्तुत छ, अध्यक्षका प्रत्यासी श्रेष्ठसंग केन्द्रबिन्दुले गरेको संवादको सम्पादित अंश-

एनआरएनएको अध्यक्ष किन बन्न पर्छ महेश श्रेष्ठ ?

-गैरआवासीय नेपाली संघ एनआरएनएलाई एक ढिक्का बनाएर अगाडि बढाउनलाई मैले अध्यक्षमा उम्मेदवारी दिएको हुँ । यो संस्था विभाजित भएकाले अविश्वास छाएको स्थिति छ । र, विगतका केही वर्ष विवाद, फुट तथा गुट/उपगुटमा रुमलिएको अवस्थामा संगठनात्मक एकता र सुदृढिकरण चाहिएको भएर विश्वास बढाउने काम गर्ने छु । मैले एनआरएनए स्थापना हुँदै गर्दाको अवधीदेखि यो संस्थालाई बुझेको र कार्यसमिती हुँदै विभिन्न पदमा रहेर सक्रिय रुपमा काम गरेको हुँदा यसका समस्या र चुनौतीबारे सबै जानकारी छ, यो संस्थालाई एकताबद्ध, सृजनशिल र परिणाममुखी बनाउन मैले उम्मेद्वारी दिन आवश्यक ठानें । कोषाध्यक्ष र उपाध्यक्ष भएर काम गर्दैगर्दा मैले संस्थाको लागि गरेको ठोस योगदानलाई बुझेर नै साथीहरुले मलाई अगाडि बढाउनुभएको हो, त्यसैले यो संस्थाको गरिमा उच्च राख्न अध्यक्ष बन्न जरुरी ठानेको छु ।

यहाँको विचारमा एनआरएनएमा के-के गर्दा विश्वास बढ्ने अवस्था छ ?

-एनआरएनएको आगामी कार्यकालको म अध्यक्ष बने भने एकताको सूत्रधार बन्न सक्छु । विगतमा धेरै उपगुट गुट, फुट्ने अवस्थामा समेत म उपाध्यक्ष हुँदा धेरै देशका विवाद मिलाउने प्रयत्न गरेँ । धेरै साथीलाई थाहा पनि छ । त्यति मात्र नभएर म कोषाध्यक्ष हुँदा समेत आर्थिक पारदर्शिता र आर्थिक अनुशासन सुदृढ बनाएँ । यसरी पनि मैले आफूले लिएका जिम्मेवारी इमान्दारीता पूर्वक उत्तरदायी भएर निर्वाह गरेको छु । मैले खाडी राष्ट्रहरु युरोप, अमेरिका, अफ्रिका, एसियाका लगायतका देशहरुमा बस्ने गैर आवासीय नेपाली एनआरएनएको अभियानका दौरान पनि पटक पटक प्रत्यक्ष भेटेको छु, उनीहरुका फरक फरक समस्या सुनेको छु र बुझेको छु र महसुस पनि गरेको छु । यस अर्थमा पनि उनीहरुका समस्या समाधान गर्न म आफूलाई अब्बल ठान्दछु र सजग पनि छु । आगामी नेतृत्वको जिम्मा लिने अवस्था आएमा विभाजित भए एकताको सूत्रमा बाँध्न अनवरत प्रयास गर्ने छु । र एकताबद्द समेत गर्ने छु । २० वर्ष देखि निरन्तर एनआरएनएको अभियानमा भएकाले पनि मेरो नेतृत्व किन नहुने ?

नेपालभित्र र नेपालबाहिर रहेका नेपालीलाई एक सुत्रमा अबको नेतृत्वबाट अझ प्रगाढ र मजबुत बनाउन लाग्ने छु ।  लगानीको माध्यमबबाट दुई स्थानमा रहेकालाई जोड्नु आजको आवश्यकता हो ।‍

तपाईं एनआरएनएको निर्वाचनमा अध्यक्षमा निर्वाचित हुनु भयो भने के गर्नुहुन्छ ?

-एनआरएनएको नयाँ नेतृत्वले गर्नुपर्ने धेरै छ । विवादहरुलाई पूर्ण रुपमा समाधान गरी संगठनको साख बढाउने काम गर्नेछु । एनआरएनए प्रतिको विश्वास, भरोसा बढाई यसको प्रभाव व्यापक बनाउने छु । नेपाल भित्रको नेपाल र नेपाल बाहिरको नेपाललाई विविध माध्यमले जोड्नु छ । यो पहललाई अझ मूर्त रुप दिनेछु । सहमति, सहकार्य र एकताको माध्यमबाट फुटको अवस्थाबाट जोगाउन अनवरत मेरो प्रयत्न रहनेछ । १०औं महाधिवेशनमा लगभग फुटको अवस्था रहेका बेला भिन्न स्थानमा भेला र समुहलाई ३ वटा अध्यक्ष बनेर भएपनि फुट्न बाट जोगाएको छु । सबैको माग सम्बोधन गरेर सबैलाई मिलाएर जान्छु । एनआरएनए र यसका सदस्यहरुले नेपालको समृद्धिका निम्ति दिर्घकालिन महत्वका परियोजनामा लगानी गर्न सक्छन्, अब मेरो नेतृत्वमा समुन्नत नेपालका निम्ति आर्थिक अभियान संचालन हुनेछ, जसले लगानीका क्षेत्रमा वृहत सम्भावना खोतल्नेछ ।

May be an image of 1 person and smiling

तपाईं अध्यक्ष भएमा नेपाल र गैरआवासीय नेपालीलाई कसरी जोड्नु हुन्छ ?

-नेपालभित्र र नेपालबाहिर रहेका नेपालीलाई एक सुत्रमा अबको नेतृत्वबाट अझ प्रगाढ र मजबुत बनाउन लाग्ने छु ।  लगानीको माध्यमबबाट दुई स्थानमा रहेकालाई जोड्नु आजको आवश्यकता हो । विदेशमा वार्षिक आम्दानी २० खर्ब भन्दा बढि छ । ५/६ महिना सम्म रेमिट्यान्स पठाइएन भने नेपाल असफल हुने छ । यस्तो अवस्थामा वैदेशिक मुद्राको  आवश्यकता  छ । लगानी मात्र नभएर नयाँ युवाहरुलाई इनोभेटिभ आईडिया, स्टार्ट अप कम्पनि खोल्न पनि सहजिकरण गर्न सकिन्छ । विदेशमा बस्नेले पैसा पठाउन सकेपनि स्वामित्व प्राप्त गर्ने व्यवधान एनआरएनएलाई छ त्यसलाई परिवर्तन गर्ने योजना छ । यस्तै,डिम्याट, केवाइसी,कम्पनी रजिष्ट्रारको व्यवस्था परिवर्तन गरेर विदेशमा बस्ने नेपालीले पनि लगानी गर्ने वातावरण बनाउने योजना छ । नेपालमा विपद् लगायत अन्य समस्यामा समेत नेपाललाई माथि उठाउन हातेमालो गरि सहयोग गर्न सकिन्छ । 

कोषाध्यक्ष र उपाध्यक्ष भएर काम गर्दैगर्दा मैले संस्थाको लागि गरेको ठोस योगदानलाई बुझेर नै साथीहरुले मलाई अगाडि बढाउनुभएको हो, त्यसैले यो संस्थाको गरिमा उच्च राख्न अध्यक्ष बन्न जरुरी ठानेको छु ।

मध्यपूर्वका खाडी मुलुक,एसिया,अफ्रिका, अमेरिका, अष्ट्रेलियामा काम गर्ने श्रमिकहरुको सवालमा र त्यहाँ रहेका गैरआवासीय नेपालीहरुको लागि के के योजना छन् ?

-विशेषगरी खाडी मुलुक र युरोपमा श्रमिकको समस्या धेरै नै छ । अन्य देशमा पनि छन् । तर यी मुलुकमा धेरै नै छ । यता, फेरि रेमिट्यान्स पठाउने सबै भन्दा खाडी मुलुक नै अग्रपंक्तिमा रहेको छ । श्रमिकहरु ऋण लिएर गएका हुन्छन् ,पठाउँछन् नेपालमा तर आफूलाई वचत गर्दैनन्, त्यस्तो अवस्थामा गैर आवासिय नेपाली संघ अभिभावक बन्नपर्छ । यस्तै, श्रम स्वीकृति नलिएर गएका श्रमिकलाई केही समस्या आईपरे सरकारले हेर्दैन। त्यति खेर गैरआवासी नेपाली संघ एनआरएनएले नै उनीहरुलाई अभिभावकत्व महसुस गराउने हो । मेरो नेतृत्व भएमा १० करोडको राहत कोष खडा गर्नेसमेत योजना रहेको छ । 

उक्त कोषको रकम विशेष  रूपमा प्रवासी श्रमिकहरुको उद्दार र हितका लागि प्रयोग गरिने छ ।  स्मार्ट एनआरएनको आवश्यकता लागिपनि यो जरुरी छ । यस्तै, १०/१५ वर्ष बाहिर बसेर आउँदा नेपालमा फर्कदा केही हुँदैन । सबै घर खर्चमा सकिएको अवस्था हुन्छ । र, यो अवस्थामापेन्सनको व्यवस्था हुनुपर्छ यसका लागि समेत पहल गर्ने छौं । यस्तै, सरकारले समेत खाडि मुलुकमा काम गर्ने नेपालीलाईसहज बनाउन सामाजिक सुरक्षा कोषको समेत व्यवस्था गरेको छ । सरकारले योगदानमा आधारित  भएर सामाजिक सुरक्षा कोष खडा गरेको छ । यसमा प्राविधिक कमि कमजोर रहेको छ  ।  यो समेत सुधार गर्दै जानुपर्ने अवस्था रहेको छ । यस्तै, खाडी मुलुकमा जाने श्रमिकका लागि जानेदेशको कानुनका बारे जानकार हुनुपर्ने अवस्थालाई समेत मध्यनजर गर्दै सहयोगी कक्षको स्थापनमा समेत ध्यान दिन प्रयासरत हुनेछु । 

यस्तै, जापान लगायत अन्य देशमा भाषा, बजारको माग अनुसारका रोजगारी लगायतको जानकारी दिनु आवश्यकछ । धेरै देशमा हाम्रा नेपाली विद्यार्थी अध्ययनरत छन् । प्रायजसो विद्यार्थी तथा श्रमिकमा समेत एक्लोपनको महसुस हुने तथा आत्महत्याको संख्या समेत बढ्र्दै गएको अवस्थामा मनोपरामर्श लगायत सम्पूर्ण जानकारी दिनका लागि हेल्प डेस्क वा ट्रेनिंग सेन्टरका रुपमा विकास गर्ने योजना छन् । 

अमेरिका, युरोप लगायत केही अन्य मुलुकमा अवैधानिक रुपमा नेपाली प्रवेश गरेका छन्, यस अवस्थामा पनि समस्याको पहिचान गरि समाधान गर्न मेरो नेतृत्वमा भएमा गैर आवासीय नेपाली संघ तत्पर भएर लाग्ने छ । 

May be an image of 1 person and text

विदेशमा रहेर समस्या परेका नेपालीका लागि समस्या समाधानका लागि गैर आवासीय नेपाली संघले कस्तो पहल गर्नेछ ?

-सबैभन्दा पहिला गैरआवासीय नेपाली संघ एनआरएनको सीमित साधन स्रोत छन् । यस अवस्थामा सामार्थ्य  बढाउनुपर्छ । यसलाई फाइनान्सियल दिगो बनाउन आवश्यक छ । अहिले पनि केहीदुख पर्दा विदेशमा रहेका नेपालीलेरकम संकलन गरेरसहयोग गर्ने चलन छ । यो अवस्थामा विद्यार्थीलाई र केही श्रमिकलाई पैसा दिन समेत समस्या छ । त्यसको लागि पनि फाइनान्सियल्ली दिगो गराउने लक्ष्य रहने छ । अहिले गैरआवासीय नेपालीले १० खर्ब भन्दा बढि रकम नेपाल पठाउँछन् । त्यस मध्ये १ डलरमा एक पैसा छुटाउन सक्यो भने समेत करोडौं संकलन हुने अवस्था हुन्छ । यसरी श्रमिकको हितमा खर्च गर्न सकिन्छ । वैधानिक रुपमा पैसा पठाउँदा उसको लागि श्रमिक कल्याण कोषबाट पनि सहयोग गर्न सकिने हुन्छ । यसबारे अर्थमन्त्रालय राष्ट्र बैंक समेत छलफल भइरहेको अवस्थामा यो कोषलाई स्थापना गरि कार्यान्वयन गराउन पहल गर्ने छु । 

यो गैरराजनीतिक संघ भएकाले यहाँ राजनीतिक रंग देखाउन पाइँदैन । यदि कुनै व्यक्ति जातिय, धर्म, राजनितिका आधारमा संगठन निर्माण गर्ने पक्षमा हुन्छ भने त्योरद्द हुनेछ  

अर्को भनेको मेम्बरसिप वेनिफिट प्रोग्राम हो । किन एनआरएनएको सदस्य हुने भन्दा केही फाइदा हुने भएमा सदस्य हुने विचार धेरै बाहिर बस्ने नेपालीको छ । यो  अवस्थालाई सम्बोधन गर्न समेत मेम्बरसिप वेनिफिट अवधारणा अघि सार्न खोजिएको हो ।  मेम्बरसिप वेनफिट भए क्युर कोड बनाउने र विभिन्न संघसंस्था सुविधा प्राप्त गर्ने अवसर प्रदान गर्ने नै हो । त्यस्तै सबै सम्झौता नेपालकै हितमा हुने प्रतिबद्दता समेत मेरो हुने छ । 

गैरआवासीय नेपाली संघ भित्र राजनीति हुन्छ भन्छन्, यसलाई तपाईले कसरी लिनु भएको छ ? 

-यो गैरराजनीतिक संघ भएकाले यहाँ राजनीतिक रंग देखाउन पाइँदैन । यदि कुनै व्यक्ति जातिय, धर्म, राजनितिका आधारमा संगठन निर्माण गर्ने पक्षमा हुन्छ भने त्योरद्द हुनेछ  । निर्वाचनको समयमा नैतिक साथ र सहयोग गर्दा एउटा एउटा आधार लिएको हुन्छ । यसलाई भन्न मिल्दैन भन्ने मेरो बुझाई छ । खेलकुदमा कसैलाई कुनै खेलाडी मनपर्ने अवस्था हुन्छ वा भनौं भौगौलिक आधारमा, कसैलाई क्षेत्रियताका आधारमा ,कसैले व्यापारी, बुद्धिजिवि वा कसैले व्यापारी वर्गलाई , कसैले युवा भन्ने विभिन्न आधार मानिएको अवस्थामा त्यसलाई वैचारिक आधार भन्नु ठिक हुन्छ । यसलाई राजनितिक रंग भन्न मिल्दैन । 

तपाईंले नेतृत्वको जिम्मा लिने अवसर आए यो संस्थालाई गर्विलो बनाउन तथा एकताको सुत्रमा बनाउने आधार के-के हुनेछ ? 

-म गैरआवासीय नेपाली सबैको प्रतिनिधिको रुपमा आफूलाई अगाडि सार्ने छु । बाहिर बसेका श्रमिकहरुको हक हित दुखमा साथ दिएर समाधानका बाटो पहिल्याउने छु । यस्तै, यो संस्थालाई धुव्रिकरणबाट बचाई संगठात्मक र भावनात्मक रुपमा एकताबद्द गर्न प्रतिबद्द हुने छ । मैले छोटो तथा दिगो अवधिका भिजनरी डकुमेन्टको योजना समेत बनाएको छु । दुई वर्षको अवधि तथा ५ वर्षका अवधिमा के काम गर्ने भनेर एउटा थिति र प्रणाली बसाउने योजनाका साथ अगाडी बढ्ने छु । जसरी म उपाध्यक्ष  र कोषाध्यक्ष हुँदा प्रणाली बसाल्ने काम भएकाले सुधार भएको छ । त्यसरी नै म अध्यक्ष भएमा त्यसरी नै सिस्टम बसाल्ने काम गर्छु । त्यसले भविष्यमा समेत निरन्तरता पाउने छ । 

युवा, बुद्धिजिवि, महिला र नयाँ पुस्ताका बारेमा ठोस योजना बनाएर यो संस्थालाई दरिलो र गर्विलो इतिहास रच्ने बनाउन मन छ । 

अन्त्यमा, आगामी नेतृत्वका लागि यो संस्थाको अध्यक्ष भएमा के सुनिश्चित गराउन चाहनुहुन्छ ?

-यो संस्थालाई अब्बल बनाउन रणनीतिक योजनाा अगाडी सार्ने योजना रहेको छ । नेपालको समृद्धि र विकास तथा बाहिर रहेका नेपालीका समस्या समाधानका लागि विभिन्न ठोस योजना अगाडि बढाउनेछु । विदेशमा रहेका नेपालीको हक हित, नागरिकताको अधिकार , मतदानको अधिकार तथा सामाजिक सुरक्षा कोषमासमेत थप सुविधायुक्त बनाउने गरि काम गर्ने योजना रहेको छ । एनआरएनएलाई संगठानात्मक सुधार गर्दै आईसीसी, एनसीसीको सचिवालयलाई पनि सुधारात्मक ढंगले अगाडि बढाउँदै कर्पोट र सामाजिक संस्थाका दुवैको समिश्रण बनाएर प्रभावकारी संस्थाका रुपमा संचालन गर्ने योजना रहेको छ । र, युवा, बुद्धिजिवि, महिला र नयाँ पुस्ताका बारेमा ठोस योजना बनाएर यो संस्थालाई दरिलो र गर्विलो इतिहास रच्ने बनाउन मन छ । 

Logo