विदेशमा रहेका नेपालीको ज्ञान, सीप र पुँजीलाई देशको समृद्धिको लागि उपयोग गर्नुपर्छ -राजु रेग्मी, उपाध्यक्षका प्रत्यासी, एनआरएनए

विदेशमा रहेका नेपालीको ज्ञान, सीप र पुँजीलाई देशको समृद्धिको लागि उपयोग गर्नुपर्छ -राजु रेग्मी, उपाध्यक्षका प्रत्यासी, एनआरएनए


गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११औं महाधिवेशन काठमाडौंमा सुरु भएको छ । सोल्टी होटलमा आजबाट सुरु भएको महाधिवेशन कार्तिक ३ गतेसम्म चल्नेछ । उक्त महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएकाले चुनावी चहलपहल पनि व्यापक बढेको छ । नयाँ नेतृत्वका लागि हालका कार्यकारी अध्यक्ष डा. बद्री केसी, अध्यक्ष रविना थापा, उपाध्यक्ष महेशकुमार श्रेष्ठ तथा अर्का उपाध्यक्ष आरके शर्माबीच प्रतिस्पर्धा हुँदैछ । 

यसैबीच टिम महेशबाट उपाध्यक्ष पदको लागि राजु रेग्मी ‘राज’ पनि चुनावी मैदानमा होमिएका छन् । उनले मातृभूमिको समृद्धिको लागी सामूहिक लगानी प्रवर्द्धन, स्वरोजगार, सुरक्षित एवं मर्यादित वैदेशिक रोजगार तथा प्राविधिक शिक्षालयको स्थापना आफ्नो मुख्य एजेन्डा रहेको बताएका छन्। यसै सन्दर्भमा केन्द्रित रहेर उपाध्यक्षका उम्मेदवार राजसँग केन्द्रबिन्दु डटकमले कुराकानी गरेको छ । प्रस्तुत छ, उक्त कुराकानीको सम्पादित अंश-

गैरआवासीय नेपाली संघ (एनआरएनए)को आसन्न निर्वाचनमा उपाध्यक्ष पदमा तपाईंको उम्मेदवारी किन ?

‍-गैरआवासीय नेपाली अभियान संस्थाको सुदृढीकरणको लागि विशेषगरी स्थापनादेखि भन्दै आएकोे ‘एकपटकको नेपाली संधैको लागि नेपाली, सुखी र संमृद्ध नेपाल’ बनाउने अभियान सुरुवात भएकोे हो । हामी जस्ता तमाम युवाहरुको यो गैरआवासीय अभियानमा उपस्थिती बढाएर गैरआवासीय नेपाली संघको आफ्नो उदेश्य प्राप्तीको लागि नै मेरो उमेदवारी हो । 

निर्वाचनमा तपाईंको मुख्य एजेन्डाहरु के-के रहेको छ ?

-विशेषगरी गैरआवासीय नेपाली संघको यो लामो इतिहासमा अझै पनि हामी डायस्परमा बसेका ७, ८ मिलियनभन्दा बढी साथीहरु छौं । इन्टायर डायस्परको प्रतिनिधित्व गर्ने संस्था भए पनि त्यसमा युवा र महिलाहरुको उपस्थिती न्यून छ । मेरो उम्मेदवारीले आगामी दिनहरुमा नेपालभन्दा बाहिर बस्नुहुने सम्पूर्ण तमाम नेपाली युवा तथा महिलाहरुलाई यसमा सामेल गराउने र यो अभियानमार्फत समृद्ध नेपाल बनाउनको लागि मेरो उम्मेदवारी हो । युवा तथा महिलाको उपस्थिती यो अभियानमा जोड्नु नै मुख्य उदेश्य हो । 

देशबाहिर रहेको नेपालीहरुले आर्जन गरेको ज्ञान, सिप र पुँजीलाई देशको समृद्दको लागि उपयोग गर्न नै उपाध्यक्ष पदमा मेरो उम्मेदवारी हो । 

विगतको उपाध्यक्षको भन्दा तपाईंले फरक के गर्ने सोच्नुभएकोे छ ?  

-यो पवित्र संस्थामा सबैको अपन्तव हुनेगरी लाग्नुपर्छ । पहिलाका नेतृत्वहरुले काम गरेनन् भन्न चाँहदिन तर, यो संस्थामा धेरै काम गर्न बाँकी छन् । अबको नेतृत्व परिणाममुखी हुनुपर्छ । महिला तथा युवाहरुको सहभागीता बढाउनुपर्छ । एनआएरएनएले सुरुवातदेखि बोकेको एकमात्र उदेश्य ‘समृद नेपाल’ को सपना पूरा गर्नका लागि देशबाहिर रहेको नेपालीहरुले आर्जन गरेको ज्ञान, सिप र पुँजीलाई देशको समृद्दको लागि उपयोग गर्न नै उपाध्यक्ष पदमा मेरो उम्मेदवारी हो । 

विभाजन र गुट/उपगुटमा रुमल्लिएको एनआरएनएको सुधारमा तपाईंको भूमिका के रहन्छ ?

-यो संस्था सबैको अपनत्व हुने संस्था हो । यसमा धेरै राजनीतिकरण हुनुहुँदैन । सबै विचार बोकेका सबै क्षेत्र र वर्गको अपनत्व हुने संस्था बनाउने हाम्रो लक्ष्य पनि हो । यो अभियानलाई विधिविधानअनुसार अगाडि बढाउने दायित्व हाम्रो काँधमा आएको छ । त्यसका लागि उर्जाशिल नेतृत्वको खाँचो छ । हाम्रो पहल पनि त्यसमै रहनेछ । 

एनआरएनए सबैको अपनत्व हुने संस्था हो । यसमा धेरै राजनीतिकरण हुनुहुँदैन । सबै विचार बोकेका सबै क्षेत्र र वर्गको अपनत्व हुने संस्था बनाउने हाम्रो लक्ष्य हो ।

तपाईं एनआरएनएको उपाध्यक्षमा मनोनित हुनुभयो भने के गर्छु सोच्नुभएको छ ?

-निर्वाचनमा जित होस् या हार मैले गर्नै नसक्ने प्रतिबद्धता गरेको छैन । जुन पतिबद्धता पत्र बोकेर मैले भोट मागेको छु, त्यसमा म कमिटेड हुनुपर्छ । मैले गरेका प्रतिबद्धतालाई पूर्णता दिने जिम्मेवारी मेरो रहनेछ । त्यहीअनुरप हामी अघि बढ्यौं भने गैरआवासीय नेपाली संघको उदेश्य प्राप्ति हुनेछ । २०२३/२५ कार्यकालका लागि मैले ८ वटा प्रतिबद्धता समावेश गरेको छु, जुन नेपाली श्रमिकको बाहुल्यता रहेको मध्यपूर्व एसिया र पछिल्लोसमय नेपालीको रोजगारीको लागि युरोप नयाँ गन्तव्य बनेको छ । उहाँहरुले त्यहाँ सिकेको ज्ञान, सिप र पुँजीलाई गैरआवासीय अभियानमार्फत सामूहिक लगानी गरेर देशलाई समृद्ध बनाउनु नै हो । 

यस अन्तर्वार्ताको भिडियोका लागि यस लिंकमा क्लिक गर्नुहोस्

Logo